×

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत रहेका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) शिव प्रसाद लम्सालको सरुवा भएको छ ।

लम्सालको अछाम जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा सरुवा भएको हो । २०८० वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत रहेका लम्साललाई गृह मन्त्रालयले मङ्गलवार अछाम जिल्लाको सिडिओका रूपमा सरुवा गरेको हो । एक वर्ष पुरा हुन् एक दिन बाँकी रहँदा उनको सरुवा भएको छ ।

लम्सालको ठाउँमा पर्सा जिल्लाको सहायक सिडिओ बनेर मन्त्रालयका उपसचिव खडानन्द खत्री आउँदै छन् । यसअघि जिल्ला प्रशासन कार्यालय जाजरकोटको सहायक सिडिओका रूपमा कार्यरत रहेका खत्रीलाई गृह मन्त्रालयले वीरगञ्ज पठाउन लागेको हो ।

यता अछामका सिडिओ शरद कुमार पोखरेल अनिवार्य अवकाशमा जान लागेका छन् । पेन्सन पट्ठा बनाउन सहजताका लागि उनलाई गृह मन्त्रालयमा ल्याइएको बुझिएको छ । पोखरेल जेठ ६ गते अवकाशमा जाँदै छन् ।

Back to top