×

मुम्बई । बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलाउने दुवै आरोपितलाई पक्रन प्रहरी सफल भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूलाई प्रहरीले गुजरातको भुजबाट पक्राउ गरेको हो । घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले राति अबेर उक्त सफलता प्राप्त गरेको हो । 

गुजरात प्रहरीको टोलीले दुवैलाई पश्चिमी कच्छबाट पक्राउ गरेको पुष्टि गरेको छ । मुम्बई क्राइम ब्रान्चले उनीहरूलाई आज मुम्बई ल्याउने छ । दुवैलाई मुम्बईमा सोधपुछ गरिने छ ।

आइतबार अभिनेता सलमानको घरबाहिर मोटरसाइकलमा सवार दुई जनाले गोली चलाएको थिए । यस मामिलामा ग्याङ्स्टर लरेन्स विश्नोईसँग सम्बन्धित व्यक्तिको नाम पनि सार्वजनिक भएको छ ।

Back to top