×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदरावादबीच खेल हुँदै छ। बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुनेछ ।

जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म खेलेका ६ खेलमा पाँच हार व्यहोरेको छ भने एक खेल मात्र जितेको छ । त्यस्तै सनराइजर्स हैदरावादले भने ५ खेलमा ३ खेल जितेको छ भने २ खेलमा हार व्यहोरेको छ ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्त्वपूर्ण हुने छन् भने कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्त्वपूर्ण खेलाडी हुने छन् । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन। गत सिजनमा बैंगलुरु छैटौँ स्थानमा रहेको थियो ।

त्यस्तै सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ ।

सनराइजर्स उमरान मलिक, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार र अभिषेक शर्मा जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, वानिन्दु हसरंगा, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता खेलाडी महत्त्वपूर्ण हुने देखिन्छन् ।

Back to top