×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । फेसबुक म्यासेन्जरबाट तस्बिर तथा भिडियो पठाउँदा त्यसको गुणस्तर घट्ने हुँदा हामीलाई दिक्क लाग्छ । तर, अबदेखि यस्तो चिन्ता मान्नु नपर्ने भएको छ । किनकि म्यासेन्जरबाटै अब उच्च गुणस्तरीय अर्थात् एचडी क्वालिटीका तस्बिर पठाउन सकिने भएको छ ।

फेसबुकले हालै म्यासेन्जरका लागि बहुप्रतीक्षित अपडेट जारी गरेको हो । जसअनुसार अब म्यासेन्जरमा एचडी तस्बिरहरू मात्र होइन १०० एमबी सम्मका फाइलहरू पनि सजिलैसँग पठाउन सकिनेछ । अर्थात् अब म्यासेन्जरबाट १ सय मेगाबाइट सम्मका पीडीएफ, वर्ड, भिडियो तथा अन्य फाइलहरू पनि पठाउन सकिनेछ ।

योसँगै अब म्यासेन्जरमा एचडी तस्बिर पठाउँदा एउटा इन्डिकेटर देखिन्छ, जसमा दायाँतर्फ एचडी ब्याजको सङ्केत हुन्छ । यद्यपि फेसबुकका अनुसार प्रयोगकर्तालाई कम गुणस्तरका एसडी तस्बिर पठाउने विकल्प भने कायमै हुनेछ, जसले कम डेटा खपत गर्दछ । त्यस्तै एचडी तस्बिर पठाउनका लागि कुनै पनि च्याटमा जाँदा यसको फरक विकल्प देखिनेछ ।

यसरी पठाउनुहोस् म्यासेन्जरमा एचडी फोटो :  

यसका लागि सबैभन्दा पहिले आफूले म्यासेन्जर च्याटमा कसैलाई पठाउने तस्बिर छान्नुहोस् । अनि च्याट बक्सभन्दा मुनि रहेको एचडी बटनमा ट्याप गरेर सक्रिय बनाउनुहोस् । । त्यसपछि सेन्डमा क्लिक गर्नुहोस् ।

त्यस्तै म्यासेन्जरमा एकभन्दा धेरै एचडी तस्बिर एकसाथ पठाउनका लागि एक एल्बम बनाउनुपर्नेछ । त्यसबाट सजिलैसँग कुनै व्यक्ति वा ग्रुपमा एकसाथ धेरै तस्बिरहरू पठाउन सकिन्छ ।

Back to top