×

वीरगञ्ज । पर्साबाट यस वर्ष २ जनाले गायन रियालिटी शो नेपाल आईडल सिजन ५ मा प्रतिनिधीत्व गरेका छन् । वीरगञ्जका शशाङ्क लामा र पर्साको ठोरी गाउँपालिकाका छिरिङ् पाख्रिन नेपाल आईडल सिजन ५ को उत्कृष्ट १६ भित्र छन् । 

ठोरीका छिरिङ् अहिले सुरक्षित छन् भने वीरगञ्जका शशांक डेन्जर जोनमा छन् । शशांकसहित ८ जना डेन्जर जोनमा छन् । वीरगञ्ज निवासी शशांक विशेष गरी पप गायनमा दख्खल राख्छन् । यद्यपी उनले नेपाल आईडलको मञ्चमा अन्य गीत पनि गाएर आफुलाई भर्सटायल साबित गरेका छन् । 

उनलाई अर्काे चरणमा प्रवेशका लागि भोटको खाँचो छ । तसर्थ शशांकले आफुलाई भोट गरी सहयोग गरिदिन आफ्ना समर्थकसँग अपिल गरेका छन् । 

आईतबार र सोमबार गरी २ दिन भोटका लागि खुल्ला छ । शशांकलाई ई–सेवा, प्रभु– पे र एसएमएस सँगै मोमो नामक मोवाइल एप्लिकेशनबाट भोट गर्न सकिन्छ । एसएमएसमार्फत भोट गर्नका लागि उनको प्रतिस्पर्धी संख्या १४ टाइप गरेर ३७००० मा पठाउन सकिन्छ । 
 

May be an image of 1 person and text that says 'vivo Nepal Idol SEACON SEA ถม vivo Nepal Idor SEALAN Vote For Sashang Lama やん आफ्नो मोबाइलको म्यासेज बक्समा Type- 14 Send Το -37000 Voting Apps praBba eSewa PAY भारत भारतरविदेश र विदेश बाट mo MUSIC प्रयोगगर्द भोटगर्नसकिन्छ भोट Voting Code:14 Sashang Lama Birgunj, Parsa देश वा बाहिर बस्ने सरबैजना धेरै भन्दा धेरे भोट गर्दै मलाई नेपाल आइडल-५ जिताउन मद्दत गर्नुहोस्।'

Back to top