×

वीरगञ्ज । विश्व अस्थमा दिवसको अवसरमा वीरगञ्जमा नि:शुल्क स्पाइरोमेट्री जाँच गरिएको छ ।

वीरगञ्जस्थित घडिअर्वा पोखरीमा मङ्गलवार बिहान सिप्ला लिमिटेडद्वारा विश्व अस्थमा दिवसको अवसरमा नि:शुल्क स्पाइरोमेट्री जाँच गरिएको हो ।

अस्थ्मा सम्बन्धी सचेतना फैलाउनुका साथै स्थानीयहरूको अस्थमा जाँच गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सिप्ला लिमिटेडका प्रतिनिधि पुरुषोत्तम मल्लिकले बताए ।

मल्लिकाका अनुसार स्पाइरोमेट्री जाँचका क्रममा शङ्का लागेका व्यक्तिहरूलाई चिकित्सकसँग भेट्न सुझाव दिइएको थियो ।

"धेरै व्यक्तिलाई आफू अस्थमा जस्तो रोगबाट पीडित रहेको जानकारी हुँदैन । यसरी जाँच गर्दा उहाँहरूको अवस्था जानकारी पाउँछ र उहाँहरूले समयमा उपचार गराउन सक्नु हुन्छ," मल्लिकल भने ।

Back to top