×

वीरगञ्ज । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

मंगलवार बिहान साढे ११ बजे काठमाण्डौबाट रामेछापतर्फ जाँदै गरेको अवस्थामा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ६ खाल्टेमा आइपुग्दा उनको स्वास्थ्यमा समस्या देखिएको हो ।

अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई स्थानीय आत्मीय अस्पतालमा गइ चेकजाँच गराउँदा मुटुको धड्कन र रक्तचाप कम भएको पाइएको छ । स्थानीय अस्पतालमै सामान्य उपचार पछि उनलाई थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको छ । 


 

Back to top