×

जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा आजदेखि जनकपुरधाममा मेयर कप टी - २० क्रिकेट प्रतियोगिता शुरु हुँदैछ ।

जनकपुरधामको निर्माणाधिन रामजानकी बहुउद्देश्यीय रंगशालामा हुने मेयर कप टी -  २० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाको सहभागिता रहने र प्रतियोगिताको सबै तयारी पुरा भएको जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघको समन्वयमा हुन लागेको प्रतियोगिता दुई समूहमा टीमलाई विभाजित गरेर खेलाइने भएको छ । क समूह धनुषा, महोत्तरी, सर्लाही र सिरहा जिल्ला रहेका छन् भने ख समूहमा सप्तरी, रौतहट, बारा तथा पर्सा जिल्ला रहेका छन् ।

गत वर्षदेखि जनकपुरधाम उपमहानगरपालिकाले वार्षिक कार्यक्रममा नै बजेट समावेश गरेर प्रतियोगिताको आयोजना गर्दे आएको छ । प्रतियोगितामा विजेतालाई २ लाख ५१ हजार रुपैयाँ नगद, शिल्ड कप तथा प्रमाणपत्र प्रदान गरिने छ भने उपबिजेता टिमलाई १ लाख ५१ हजार रुपैयाँ नगद, शिल्ड कप तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

सो प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याज हुनेलाई नगदसहित पुरस्कृत गरिने उनले बताए । प्रतियोगिता अवधिमा सर्वोत्कृष्ट ब्याटिंग गर्ने व्याट्स म्यान तथा सर्वोत्कृष्ट बलिङ गर्ने बलरलाई पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उद्घाटन गर्ने जिल्ला क्रिकेट संघका अध्यक्ष पाण्डेले बताए ।

Back to top