×

वीरगञ्ज । महिला स्वास्थ्यको प्रबद्र्धनमा काम गर्नुपर्नेमा मिस नेपाल वल्र्ड श्रीचा प्रधान र मिस नेपाल ईन्टरनेशनल प्रसिद्धी शाहले जोड दिएका छन् । आइतवार वीरगञ्जको गण्डकस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले महिला स्वास्थ्य सचेतना फैलाउनुपर्ने आवश्यक्ता औँल्याएका छन् । 

आफू वातावरण विज्ञानको विद्यार्थी भएकोले वातावरण संरक्षण र स्वास्थ्य एक अर्काका परिपुरक भएको मिस नेपाल वल्र्ड प्रधानले बताइन् । स्वास्थ्यमा पनि महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई छ । 

महिलाहरुमा हुने मुत्ररोगका समस्या सामान्य रुपमा देखिएपनि विविध कारणले असामान्य रुपमा फैलिरहेकोप्रति मिस नेपाल इन्टरनेशनल प्रशिद्धी शाहले चिन्ता व्यक्त गरिन् । यसका लागि सम्भव भएका सबै क्षेत्रमा पहल गर्ने र महिलालाई सचेत बनाउने उनको भनाई छ । 

मिस नेपालहरुले विभिन्न माध्यमहरुबाट प्रवद्र्धनात्मक स्वास्थ्यलाई आम नागरिक समक्ष पु¥याईरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए । मिस नेपाल प्रतियोगिताका विभिन्न स्वास्थ्यजन्य कार्यक्रमहरुमा आफूहरुको उपस्थिति रहने गरेको र विशेष गरी मिस नेपालहरुले आफ्नो कार्ययोजनामा स्वास्थ्य सम्बद्ध विषयहरुलाई परियोजनाको रुपमा अगाडि बढाउँदा नेपाल मेडिसिटी अस्पतालले प्राविधिक लगायतका सहयोग गर्ने अस्पताल प्रमुख रिमालको भनाई छ । 

कार्यक्रममा हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापितले नेपाल मेडिसिटी अस्पतालले वीरगञ्जमा पनि विश्वस्तरीय सेवाहरु प्रदान गरिरहेको पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा नेपाल मेडिसिटी बयोधा अस्पतालका मुत्ररोग विशेषज्ञ डा. अनिल पुकार शाहले महिलाहरुमा हुने मुत्र रोगका समस्या र त्यसका निराकरणका लागि गर्नुपर्ने उपायहरुका बारेमा प्रस्ट पारे । 

वीरगञ्जस्थित नेपाल मेडिसिटी अस्पतालले १ सय ५० शैयाको क्षमतामा हाल न्यूरो सर्जरी, न्यूरो फिजिसियन, हाडजोर्नी अन्तर्गत मेरुदण्ड, जोर्नी प्रत्यारोपण, दूर्घटनाजन्य चोटपटक, स्पोर्स इन्जुरी, मुत्र रोग, विविध तथा दूरवीनका माध्यमबाट गरिने शल्यक्रिया, स्त्री तथा प्रसुति, बालरोग लगायतका सेवाहरु उपलब्ध गराउँदै सबै उपचारलाई बीरगञ्जमै सम्भव बनाएको अस्पतालका प्रमुख रिमालले बताए । 
 

Back to top