×

वीरगञ्ज । चालू आवको पाँच महिनामा २६ करोड ९० लाख ५१ हजार ५८७ राजस्व सङ्कलन गरेको वीरगञ्ज महानगरपालिका कार्यालयका राजस्व महाशाखाका प्रमुख मनोज कर्णले जनाएका छन् । 

गत वर्षको पाँच महिनाको तुलनामा करिब चार करोड बढी राजस्व सङ्कलन भएको थियो गत वर्ष चालू आवको पाँच महिनामा २३ करोड सात लाख ५६ हजार ९१० राजस्व सङ्कलन भएको छ ।

सम्पत्ति करबाट चालू आवमा १० करोड ४९ लाख ६५ हजार ७००, भूमि/मालपोतबाट ५५ लाख २८ हजार ८३०, घर बहाल करबाट तीन करोड २६ लाख ३० हजार १४०, बहाल बिटौरी करबाट ११ लाख ५१ हजार २००, सवारीसाधन कर (साना सवारी) १६ लाख २० हजार ६७०, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर एक करोड चार लाख छ हजार २००, बाँडफाँटबाट प्राप्त विज्ञापन करबाट १९ लाख ६७ हजार २६२, मनोरञ्जन करबाट ७९ हजार ७८०, व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट एक करोड ४८ लाख ६४ हजार ६८० सङ्कलन भएको बताए ।

यसै गरी, सरकारी सम्पत्ति बहालबाट दुई करोड ७१ लाख ८२ हजार ३०४, निजी धारा जडान शुल्कबाट ७८ हजार ८००, अन्य सेवा शुल्कबाट एक करोड ७४ लाख ४६ हजार ६३७, न्यायिक दस्तुरबापत १४ हजार ७०, अन्य प्रशासनिक सेवा शुल्कबापत १३ लाख ९४ हजार १६९, नक्सा पास दस्तुरबापत एक करोड ७७ लाख १४ हजार १९८, सिफारिस दस्तुरबापत एक करोड १६ लाख ६९ हजार ६८६, व्यक्तिगत घटना दर्ता दस्तुरबापत १५ लाख ८० हजार ६७, नाता प्रमाणित दस्तुरबापत ११ लाख ९७ हजार ९४०, अन्य दस्तुरबापत दुई लाख २० हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबापत ३६ लाख १९ हजार ३४५ तथा बेरुजू छ लाख १९ हजार १० गरी चालू आवको ५ महिनामा २६ करोड ९० लाख ५१ हजार ५८७ राजस्व सङ्कलन भएको कर्णले जनाएका छन् ।

Back to top