×

वीरगञ्ज । इजरायलमा मारिएकामध्ये ४ जनाको शव आइतबार काठमाडौँ आइपुग्ने भएको छ। इजरायल सरकारले पहिचान भएका ४ शवकाे कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइनेछ। 

त्यसरी पहिलो चरणमा नेपाल पठाउन लागिएको शवमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीकाे रहेको छ। 

७ अक्टोबरमा गाजास्थित हमास समुहकाे आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीकाे मृत्यु भएको थियाे।  बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएकाे छ।

Back to top