×

वीरगञ्ज । ‘आपन भाषा आपन पहचान’ को नारासहित वीरगञ्जमा भोजपुरिया उडान साहित्यिक मंचको उद्घाटन भएको छ । भोजपुरी साहित्यकार अमोद गुप्ताको अध्यक्षतामा भोजपुरी भाषा तथा साहित्यको जगेर्ना एवम् संरक्षण गर्ने अभिप्रायका साथ मंचको उद्घाटन गरिएको हो । 

मंचको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार गणेश प्रसाद लाठले साहित्य तथा कलाले भरिपूर्ण वीरगञ्जमा साहित्यिक गतिविधिलाई बढाउनुपर्नेमा जोड दिए । भाषा तथा कला संस्कृतीको संवद्र्धन एवम् प्रवद्र्धनका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यक्ता औँल्याउँदै उनले मंचले नवसाहित्यकारलाई प्रेरित गर्नुका साथै अग्रजको सम्मान गर्ने विश्वास व्यक्त गरे । 

साहित्यिक मंचमार्फत साहित्यिक गतिविधि बढाउनुका साथै साहित्यकारहरुलाई रचना सुनाउने अवसर प्रदान गर्ने योजना रहेको अध्यक्ष अमोद गुप्ताको योजना छ । उनकाअनुसार मंचमार्फत भोजपुरी भाषा र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यबमोजिम सबैसँग सहकार्य र समन्वय गरिनेछ । 

कार्यक्रममा साहित्यकारहरुले विभिन्न रचना पनि वाचन गरेको रातो पाना अनलाईनका अध्यक्ष तथा साहित्यकार श्याम सर्राफले जानकारी दिए । 

कार्यक्रममा नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुबसिंह ठकुरी, ललित कला प्रज्ञा प्रतिष्ठानका सदस्य अजमत अली, बिनोद मेहता, बिजयकिशोर पाण्डे, अशोक कुशवाह, अस्मिता पटेल, अनिशकान्त कुशवाह लगायतका साहित्यकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण साहित्यकार प्रिया मिश्राले गरेकी थिइन् । 
May be an image of 9 people, people smiling, temple and text that says 'બાગपુરया 3डान आपन भाषा आपन पहचान साहित्यिक मंच वीरगंज ल'

Back to top