×

वीरगञ्ज । ट्विटरले आधिकारिक रूपमा चराको लोगोलाई बिदा गरेको छ । सोमबार नेपाली समय अनुसार दिउँसो करिब ३ बजेदेखि विश्वभर ट्विटरको नयाँ लोगो लाइभ गरिएको हो । यससँगै डेस्कटपमा ट्विटरको नयाँ लोगो देखिन थालिसकेको छ ।

विशेष गरी होम पेज, ट्विटरको आधिकारिक ट्विटर ह्यान्डल लगायत अन्य विभिन्न ठाउँबाट चराको लोगो हटाइएको हो । एन्ड्रोइड तथा आईओएस एपमा भने नयाँ अपडेटसँगै नयाँ लोगो देखिने बताइएको छ ।

ट्विटरका मालिक एलन मस्कले आइतबार ट्विटरको लोगो परिवर्तन गर्ने घोषणा गरेका थिए । त्यससँगै सोमबार ट्विटरको चराको लोगो सधैँका लागि विस्थापित भएको हो । ट्विटरलाई एक्समा रिब्रान्डिङ गर्दै मस्कले सो प्लेटफर्मलाई 'द एभ्रिथिङ एप'को नाम दिएका छन् ।

यससँगै ट्विटरमा अब ट्विट हेर्ने पढ्ने मात्र नभई अडियो सुन्न, लामा भिडिओ हेर्न, भुक्तानी गर्न, सामान तथा केवाहरू खरिद बिक्री गर्न सकिनेछ । मस्कले अक्टोबर २०२२ मा ट्विटर खरिद गरिसकेपछि यस प्लेटफर्ममा थुप्रै परिवर्तन ल्याएका छन् ।

Back to top