वीरगञ्ज । छोटो समयमै नेपालमा एकदमै रुचाइएको चौधरी ग्रुपको मातहतमा रहेको सिजीनेटले आफ्नो सेवा वीरगञ्जमा पनि विस्तार गर्न लागेको छ ।
बजारमा उपलब्ध अन्य इन्टरनेट सेवा प्रदायकको तुलनामा सस्तो र गुणस्तरीय इन्टरनेट दिएर छोटो समयमै नेपालका ख्याती कमाएको सिजीनेटले काठमाडौँ, हेटौंडा, पोखरा र विराटनगर पश्चात शुक्रबार (भोली) देखि देशको औद्योगिक र आर्थिक राजधानी वीरगञ्जमा पनि आफ्नो सेवा विस्तार गर्न लागेको हो ।
शुक्रबार एक कार्यक्रमका विच वीरगञ्जका मेयर राजेशमान सिंहले सिजीनेट वीरगञ्ज शाखाको उदघाटन गर्ने कार्यक्रम रहेको कम्पनीकी मार्केटिङ हेड ज्यास्मिन प्रधानले जानकारी गराइन । उदघाटन पश्चात मोटरसाइकल र्यालीको पनि आयोजना गर्न लागिएको प्रधानले बताइन । त्यस्तै सेवा विस्तारको उपलक्ष्यमा कम्पनीले वीरगञ्जको सामाजिक संस्था सानो पाइलाले चलाउँदै आएको अनाथालय सानो घरमा पाठ्यपुस्तक र खाद्यान्न सामरी दान गर्ने कार्यक्रमपनि राखेको छ ।
वीरगञ्जमा सिजीले १३०, २५० र ३५० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउने छ । इन्टरनेट लिँदा ग्राहकलाई जडान, ड्रप वायर जस्ता शूल्कहरु लाग्दैन । त्यस्तै इन्टरनेट र आइपीटिभीसँगै लिँदापनि ग्राहकले जडान, ड्रप वायर जस्ता शूल्कहरु तिर्नु नपर्ने प्रधानले जानकारी दिइन ।
इन्टरनेट र आइपिटिभीसँगै “सिजीनेट स्पिड दमदार प्राइस शानदार” योजनाअन्तगर्त कम्पनीले वीरगञ्जमा सेवाग्राहीलाई ४ लाख रुपैयाँसम्मको इन्स्योरेन्स कभरेज, सिजी टिभी, स्मार्ट वच र नोइज कम्पनीको इयरफोन जस्ता उपकरणमा विशेष छुट र क्यासब्याक पनि दिन लागेको उनले बताइन । ‘ग्राहकलाई इन्टरनेटसँगै हामीले अन्य कयौँ सुविधाहरु दिँदैछौँ जुन अन्य इन्टरनेट सेवा प्रदायकबाट उहाँहरुले पाउनु हुँदैन,’ उनले भनिन, ‘हाम्रो इन्टरनेट जडान गर्ने ग्राहकले नि:शुल्क रुपमा यूनाइटेड इन्स्योरेन्सबाट ४ लाख रुपैयाँसम्मको इन्स्योरेन्स पनि प्राप्त गर्नु हुन्छ ।’
ग्राहकहरुका लागि सिजी टिभी र अन्य विद्युतीय उपकरणमा पनि भारी छुटको व्यवस्था गरिएको उनले बताइन । ‘वीरगञ्ज शाखामा हामी इन्टरनेटसम्म मात्रै सिमित हुँदैनौँ । सिजी कम्पनीको टिभी र अन्य विद्युतीय उपकरण पनि उपलब्ध गराउँछौं । बजार मुल्यको तुलनामा हाम्रो शाखाबाट उपकरणहरु खरिद गर्दा ग्राहकले ४० प्रतिशतसम्म छुट पाउनु हुन्छ,' उनले भनिन । इन्टरनेट अथवा नयाँ जडानका लागि नमस्ते पे मार्फत भुक्तानी गर्दा छुटको समेत व्यवस्था गरीएको छ ।
त्यस्तै कम्पनीले ‘डिजिटल वेल बिङ’ भन्ने नौलो योजना पनि ल्याएको छ । जसअन्तर्गत चाइल्ड सेफ्टी, अफिस आवर, स्टडी आवर, फ्यामिली टाइम, गुडनाइट मोड र ब्लक अल जस्ता सुविधाहरु छन् । यी सुविधा प्रयोग गर्दा प्रयोगकर्ताको मनोसामाजिक स्वास्थ्यमा सकारात्मक असर पर्ने कम्पनीको विश्वास छ ।
सिजिनेटले हाल वीरगञ्ज महानगरपालिकाका ३२ वटा वडामै सेवा उपलब्ध गराउन सक्ने कम्पनीका डिजीएम टेक्निकल रन्नु शर्माले जानकारी दिए । ‘वीरगञ्जको लगभग सबै ठाउँमा हामी इन्टरनेट र आइपीटिभी सेवा दिन तयार छौं,’ शर्माले भने, ‘छुटफुट रहेको ठाउँहरुमा पनि छिटै पुग्ने छौं ।’ शर्माले अन्य सेवा प्रदायकको तुलनामा सिजीनेटमा प्राविधिक समस्याहरु न्यून भएको र भएको खण्डमा पनि अधिकतममा ६ घण्टा भित्र त्यसको समाधान दिने आफूहरुको योजना रहेको सुनाए ।