वीरगञ्ज । सामाजिक प्लेटफर्म ट्वीरटरमा अर्को ठूलो परिवर्तन गरिएको छ ।
यसपटक एलोन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । यसको मतलब अब ट्विटरबाट निलो चरा गायब भएको छ र त्यसको ठाउँमा एउटा कुकूरको तस्विर राखिएको छ । जसलाई ‘डगी’ नाम दिइएको छ ।
घोषणानै नगरी लोगो परिवर्तन भएपछि प्रयोगकर्ता आश्चर्यचकित बनेका थिए । सञ्जालमै यस विषयमा प्रयोगकर्ताहरुले यस विषयमा प्रश्न गर्न थालेपछि ट्वीटरका मालिक एलोन मस्कले यसबारे स्पष्ट पारे ।
मस्कले ट्वीटरको नयाँ लोगो ‘डगी’ भएको पुष्टि गरे । सञ्जालमार्फतनै उनले लोगो परिवर्तन गरिएको बताए । यद्दपी अब सदाका लागि ट्वीटरले ‘डगी’ कै तस्विरलाई लोगो बनाइराख्ने की नराख्ने बारे स्पष्ट पारेको छैन । कम्पनिको तर्फबाट यस विषयमा आधिकारिक रुपले अहिलसम्म केहिपनि भनिएको छैन ।