×

वीरगञ्ज १२ माघ । ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भि.जी. ईम्पेक्स प्रा.लि ले नेपाली बजारमा ‘बाइ ग्रेट, सेभ बीग’ अफर ल्याएको छ ।

यो अफर नेपालभर ४५ दिनसम्म चालु रहने छ र यो अवधिमा खरिद गरिएका जि.डब्लु.एम का सबै प्रकारको गाडीहरुमा मान्य हुने कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकहरु प्रति आफ्नो प्रतिवद्वतालाई निरन्तरता दिँदै ‘बाइ ग्रेट, सेभ बीग’ अफर सार्वजनिक गरेको  र  अफरबाट ग्राहकहरुलाई सुपथ मूल्यमा आनन्द र आरामदायी ड्राइभ प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ ।

योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको व्यापक बीमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन र निःशुल्क एक्सेसरिज लगायत ५ लाख रुपैयाँसम्मका फाइदाहरू पाउनेछन्

जि.डब्लु.एमको 
ग्रेट वाल मोटर (जि.डब्लु.एम) ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् ।  विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । चीन बाहेक जि डब्लु एमले आफ्ना गाडीहरु विश्वका ६० भन्दा धेरै राष्ट्रहरुमा ७०० भन्दा धेरै विक्रीकेन्द्रबाट  बिक्री गरिरहेको छ ।

जि.डब्लु.एम नेपालले हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ जस्ता  अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधा उपलब्ध गराउँदै  आएको छ ।

जि.डब्लु.एम नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि  गर्दै उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहने जनाएको छ । आर्थिक अभियानबाट

Back to top