×

वीरगञ्ज, १२ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन, २०७९ को प्रत्यक्ष तर्फको मतगणनाको परिणाम आएपनि समानुपातिक तर्फको परिणाम आउने क्रम जारी नै छ ।

समानुपातिकको प्रतिनिधि र प्रदेशतर्फको गणनामा देशभर नेकपा एमालेले अग्रता लिएर पहिलो स्थान हाँसिल गर्दै नेपाली कांग्रेसलाई दोस्रोमा राखेपनि मधेश प्रदेशमा भने प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ नेपाली कांग्रेस सबैभन्दा बढी मतका साथ पहिलो स्थानमा रहेको छ ।

पछिल्लो पटक निर्वाचन आयोगले उपलब्ध गराएको मधेश प्रदेशको समानुपातिकमा प्रदेशतर्फ मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेस ३ लाख ५२ हजार ५०६ मतका साथ पहिलो स्थानमा अग्रता लिरहेको छ ।

कांग्रेसलाई पछ्याउँदै नेकपा एमाले ३ लाख १४ हजार ५०५ मतका साथ दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी हालसम्म चौथो स्थानमा रहेको सिके राउत नेतृत्वको जनमत पार्टी जनता समाजवादी पार्टी (जसपा) लाई झिनो मतको अन्तरले उछिन्दै तेस्रो स्थानमा पुगेको छ । जनमत पार्टीले २ लाख ५५ हजार ५५३ मत ल्याउँदा जसपाले २ लाख ५५ हजार २२ मत ल्याएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र १ लाख ६१ हजार १३३ मतका साथ पाँचौ स्थानमा छ भने ९८ हजार ४१ मतका साथ नेकपा (एकीकृत समाजवादी) छैठो स्थानमा रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ९५ हजार ४६३ मतका साथ नेकपा एसलाई पछ्याइरहेको छ ।

यस्तै राप्रपाले ५९ हजार २१९ मत, नेपाल सङ्घीय समाजवादी पार्टीले ४७ हजार २९९ मत, नागरिक उन्मुक्ति पारिले ४० हजार २१६ मत, बहुजन एकता पार्टी नेपालले १८ हजार ४५५ मत र नेपाल सुशासन पार्टीले ११ हजार २५१ मत ल्याएको छ । हाम्रो नेपाल पार्टीले बल्ल १० हजार ८४२ मत ल्याएको निर्वाचन आयोगले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।

Back to top