×

मानव शरिरको रगतमा चिनीको मात्रा आवश्यक्ता भन्दा बढी हुनु नै मधुमेह हो । जसलाई हामी चिनी रोग भनेर पनि चिन्छौ । शरिमा पेङ्क्रियजले इन्सुलिन नामक हर्मोन उत्पादन गर्छ ।

इन्सुलिन हर्मोनको उत्पादन कम भयो वा हर्मोनले राम्रोसँग काम गर्न सकेन भने चिनीको मात्रा बढेको थाहा पाउन सकिन्छ । मधुमेह अर्था चिनी रोगको समयमै उपचार गर्न सकिएन भने यसका कारण अन्य जटिलताहरु पनि निम्तिने खतरा हुन्छ ।

सामान्यतया मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १ सय वा सामान्य अवस्थामा जाँच गर्दा १ सय ४० भन्दा कम भयो भने त्यसलाई स्वस्थ मानिन्छ । खाली पेट परीक्षण गर्दा १ सय २६ भन्दा माथी र खाना खाएपछि २ सय भन्दा माथी सुगर लेभल पुग्छ भने त्यस्तो अवस्थालाई मधुमेह रोग लागेको भनिन्छ ।

टाइप वान र टाइप टू गरेर मधुमेह दुई किसिमको हुन्छ । टाईप वान मधुमेह बालबालिकामा देखिन्छ । यसमा शरीरमा इन्सुलिनको उत्पादन बन्द नै हुन्छ । अर्थात बाँच्नका लागि इन्सुलिन दिनैपर्छ । औषधिले काम गर्दैन । जन्मेको केही बर्षपछि बालबालिकामा यस्तो समस्या देखिन सक्छ ।

टाईप टु वाला मधुमेह अलि उमेर बढी भएपछि देखिन्छ । तर पछिल्ला वर्षमा जीवनशैली र खानपानका कारण कम उमेरमै धेरै जनामा मधुमेह देखिएको छ । अहिले बालबालिकामा मोटोपन बढेकोले टाईप टु मधुमेह देखिन थालेको पाइन्छ । तर नेपालमा भने यस्तो समस्या अलि कम छ ।

शुरुमै लक्षण देखिएर वा लक्षण विना पनि मधुमेह लाग्न सक्छ । मधुमेह भएकाहरुमध्ये झण्डै ५० प्रतिशतले आफूलाई मधुमेह भएको छ भनेरै थाह पाउन नसकेको कतिपय अध्ययनले देखाएको छ ।

यद्यपी लक्ष्ण हुन पनि सक्छन् र नहुन पनि सक्छन्, तसर्थ थाहा पाउने केही लक्ष्ण भने यसप्रकार छन् 

  • मुख सुख्खा हुने,
  • प्यास धेरै लाग्ने
  • खाना रुचेर पनि तौल घटदै जाने ।
  • पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने ।
  • भोक बढी लाग्ने तर दुव्लाउँदै जाने
  • कमजोरी हुने र खुट्टाहरु झम्झमाउने
  • खुट्टाहरु पोल्ने
  • पिसावमा कमिलाहरु देखिने
  • घाउहरु छिटो निको नहुने

लक्षणको आधारमा यसको पहिचान सहज हुने भएपनि लक्षण नदेखिकन रोग लाग्नेलाई समस्या हुन सक्छ तसर्थ हरेक स्वस्थ व्यक्तिले वर्षमा १ पटक मधुमेह परीक्षण गराउनैपर्छ ।

टाईप टु मधुमेह बंशाणुगत समस्या पनि हुन सक्छ । जसको सम्भावना ५० प्रतिशत हुन्छ ।

अर्को भनेको खानपान र जीवन शैली नै हो । त्यो भनेको मोटोपन नियन्त्रण हुन नसक्ने, व्यायममा कमी, खानपानमा गडबढी नै हो । चिल्लो गुलियो र क्यालोरी भएको खानेकुरा नै मधुमेहको दुश्मन हो भन्दा कुनै फरक पर्दैन ।

फलस्वरुप सामान्य खानपान अपनाउन न सके अत्ति उत्तम । क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो मानिन्छ ।
नियमित रुपमा शारिरीक व्यायाम गर्नाले पनि यसबाट जोगिन सकिन्छ ।

Back to top