×

फाइल तस्बिर

नेपाल र केन्याबीच सोमबार तेस्रो एकदिवसीय क्रिकेट हुँदैछ। 

केन्या भ्रमणमा रहेको नेपालले एक खेलअगावै सिरिज जितिसकेको छ भने तेस्रो खेलमा पनि जित निकाल्दै ‘क्लिन स्विप’ गर्न चाहन्छ।

केन्या भने सान्त्वना जितको खोजीमा पाहुना टोलीविरुद्ध मैदान उत्रिने तयारीमा छ।

यो खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने १२ बजे सुरु हुनेछ।

पहिलो एक दिवसीयमा सात विकेटको जित निकालेको नेपालले दोस्रो एक दिवसीयमा १७ रनको जित निकालेको थियो।

यसअघि नेपालले केन्याविरुद्धको ५ खेलको टी–ट्वेन्टी सिरिज ३–२ ले जितेको थियो ।

Back to top