वीरगञ्ज, ३० अषाढ । देशभरिकै उत्कृष्ट माध्यमिक विद्यालय (प्लस टू कलेज) को उपाधिबाट वीरगञ्जस्थति वीरगञ्ज पब्लिक कलेज (बिपिसी) सम्मानित भएको छ ।
काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा बुधबार गुरु पूर्णिमा तथा भानु जयन्तिको उपलक्ष्यमा फोकस नेपाल नामक संस्थाले आयोजना गरेको एक भव्य कार्यक्रममाबीच बिपिसी कलेजलाई देशकै उत्कृष्ट प्लस टू कलेजको उपाधिबाट सम्मानित गरिएको हो ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिपिसी कलेजका क्याम्पस निर्देशक सङ्कल्प शाक्यलाई उक्त सम्मानपत्र प्रदान गरेका थिए ।
“विद्याधनम् सर्वधनम् प्रधानम्” भन्ने उद्देश्यले स्थापित भई पर्याप्त भौतिक पूर्वाधार, दक्ष र अनूभवी शिक्षक शिक्षिकाबाट अध्ययन-अध्यापन, समयानुकुल प्रतिष्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकालाप, दक्षा शैक्षिक जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै विगत वर्षहरुको परिक्षा नतिजालाई आधार मानेर देशभरिका माविहरुबाट उत्कृष्ट नतिजालाई प्रमुख आधार बनाएर विपिसीलाई उक्त अवार्ड प्रदान गरेको फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले बताए ।
अवार्ड ग्रहण गर्दै शाक्यले वीरगञ्ज र आसपासका क्षेत्रमा हजारौँ विद्यार्थीहरुको पहिलो रोजाईमा पर्ने विपिसी कलेजले यो सम्मान पाउनुमा कलेजका सम्पूर्ण शिक्षकदेखि कर्मचारीहरु विशेष योगदान रहेको बताए । विपिसीले यो उपाधि पाउनु वीरगञ्जवासीको लागि पनि गर्विलो क्षण भएको बताए ।
देशभरिकै शैक्षिक संस्थाहरुबीच भएको प्रतिस्पर्धाबाट बिपिसी कलेजलाई फोकस नेपालले देशकै उत्कृष्ट प्लस टू कलेजको रुपपा छनोट गरेको हो । प्रतिष्पर्धाका सबै मानकहरुमा अब्बल ठहरिँदै विपिसी कलेज देशकै उत्कृष्ट प्लस टू कलेजमा पर्न सफल भएको,’ शाक्यले भने, ‘वीरगञ्जलाई शिक्षाको हब बनाउने हाम्रो अभियानका लागि यो उपाधि एउटा ठूलो कोशेढुंगा सावित हुनेछ ।’
विपिसी कलेजमा हाल प्लस टूदेखि स्नातकोत्तरसम्म ३ हजार भन्दा पनि बढी विद्यार्थी अध्ययनरत् छन् । वीरगञ्ज मात्र नभएर विपिसी मधेश प्रदेशकै एउटा अग्रिणी शैक्षिक संस्था हो । यसअघि पनि कलेज देशकै उत्कृष्ट कलेजको उपाधिबाट सम्मानित भइसकेको छ ।
कलेजमा स्नातकोत्तर तहमा एमबीएस, एमबीए, स्नातक तहमा बीए, बीबीएस, बीआईएम र प्लस टूमा व्यवस्थापन, विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।
कलेजमा पूर्ण पमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुन कम्प्युटर प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ भने एउटा ठूलो पुस्तकालयको पनि व्यवस्था गरिएको छ ।