×

वीरगञ्ज, १९ अषाढ । हत्या गरेर चार वर्षभन्दा पनि लामो समयदेखि फरार रहँदै आएको एकजना अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

भारतीय नागरिकको हत्या गरेर फरार रहँदै आएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया निवासी २६ वर्षीय रमजान भनिने हस्मुदीन अन्सारीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय विर्ता वीरगञ्जका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्लको नेतृत्वमा फैसला कार्यन्वयन विशेष टोलीले अन्सारीलाई आइतबार पक्राउ गरेको छ ।

अन्सारीले भारत विहार राज्यको मोतिहारी जिल्लाको रक्सौल थाना वडा नम्बर १० निवासी मनिष कुमारलाई २०७४ फागुन ३ गते रातीको बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ५ को बहुअर टोलस्थित नहरको छेउमा घाँटी रेती हत्या गरेका थिए । 

हत्या पश्चात अन्सारीविरुद्ध मृतक मनिषका भाई रोहितले किटानी जाहेर दिएपनि उनि फरार रहँदै आएका थिए । 

अन्सारी वीरगञ्जमै रहेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताका इन्स्पेक्टर मल्लको नेतृत्वमा रहेको टोलीले आज उनलाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रह्लाद् कार्कीले बताए । 

उनलाई पर्सा प्रहरीले आजै बारा प्रहरीको जिम्मा लगाएको डिएसपी कार्कीले जानकारी दिए ।

Back to top