×

वीरगञ्ज ३१ जेठ । भोलीदेखि पुनः पुरानै समयमा सरकारी कार्यालय सञ्चालन हुने भएका छन् । 

गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जानकारी गराएको हो । 

कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू गरेको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको हो । भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने सूचनामा उल्लेख छ । 

सरकारी कार्यालय भोलिदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ ।

Back to top