×

वीरगञ्ज, १२ बैशाख । बाराको सुवर्ण गाउँपालिकाका निवर्तमान अध्यक्षसहित ८ जना वडाअध्यक्षहरुले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका छन् । जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष महेन्द्र राय यादवसहित ८ जना वडा अध्यक्षहरुले सोमवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका हुन् । 

लोसपामा प्रवेश गर्ने निवर्तमान अध्यक्ष यादवसहित अन्य वडा अध्यक्षहरुलाई लोसपा मधेश प्रदेशका अध्यक्ष तथा मधेश प्रदेशका प्रदेश सभा सदस्य जितेन्द्र सोनलले अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । 

पार्टी प्रवेश गराउँदै मधेश प्रदेशका संसदीय दलका नेतासमेत रहेका सोनलले लोसपमा जनताको आकर्षण बढ्दै  गएको दावी गरे । नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा लोसपाले विजयी हाँसिल गर्ने दावाका साथ नेता कार्यकर्तालाई चुनावी गतिविधिलाई तिव्रता दिन आग्रह गरे । 

पूर्व मन्त्रीसमेत रहेका सोनलले जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई लोसपामा प्रवेश गराएर लोसपाबाट गाउँपालिका अध्यक्ष टिकटसमेत दिलाएका छन् । 
कार्यक्रममा लोसपा बाराका अध्यक्ष नवलकिशोर सिँहले पनि नवप्रवेशीहरुलाई गम्छा तथा टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । 
May be an image of 11 people, people sitting, people standing and outdoors

Back to top