×

वीरगञ्ज । नयाँ बनेको जनता समाजवादी पार्टी (जसपा) मा पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादव र पर्साको वीरगञ्ज महानगरपालिबाट निर्वाचित मेयर राजेशमान सिंह साथ-साथ रहेको उद्घोष गरेका छन् ।

बुधवार नवगठित जसपाले वीरगञ्जमा आयोजना गरेको आफ्नो प्रथम कार्यकर्ता भेलामा केन्द्रीय सदस्य समेत रहेका वीरगञ्जका मेयर राजेशमान सिंहले आफू अशोक राई नेतृत्वको जसपा पार्टीका महासचिव प्रदीप यादवको साथमा रहेको बताएका थिए ।

उपेन्द्र यादवले पार्टीलाई आफ्नो व्यक्तिगत संस्था जस्तो चलाएको आरोप लगाउँदै मेयर सिंहले पार्टी फुटाउनुको विकल्प नदेखिएपछि अशोक राईसहितका सांसदहरूले जसपा गठन गरेको बताए ।

जसपा नेपाललाई फुटाएर अशोक राईको नेतृत्वमा बनेको जसपाको यादव केन्द्रीय उपमहासचिव र वीरगञ्जका मेयर सिंह केन्द्रीय सदस्य बनेका छन् ।

यस्तै नयाँ बनेको जसपाको सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, केन्द्रीय अध्यक्ष अशोक राई, सह अध्यक्ष रेणु यादव, उपाध्यक्षमा नवलकिशोर साह सुढी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ तथा महासचिवमा इस्तियाक राई रहेका छन् ।

यस्तै सचिवमा दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा कोषाध्यक्षमा डा. वीरेन्द्र महतो रहेका छन् ।

यस्तै केन्द्रीय सदस्यमा पर्साबाट पूर्व मन्त्री मोहनलाल चौधरी र पिंकीदेवी यादव तथा बाराबाट प्रमोद गुप्ता र पारस साह रहेका छन् ।

राई अध्यक्ष रहेको नयाँ दल जसपा दर्ताका लागि जसपा नेपालका सङ्घीय ७ सांसद र २९ केन्द्रीय कार्यकारिणी सदस्यले आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । नयाँ दलको चुनाव चिह्न मुट्ठी दाबी गर्दै आयोगमा निवेदन दर्ता गराइएको छ ।

Back to top