×

वीरगञ्ज, १० वैशाख । वरिष्ठ पत्रकार एवं लेखक गिरीश गिरी आसन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । 

तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको मेयर स्वर्गीय गोपाल गिरीका सुपुत्र गिरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट मेयरको उम्मेदवार बन्न लागेका हुन् । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार शनिबार बसेको पार्टीको बैठकले गिरीलाई वीरगञ्ज महानगरपालिमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

वीरगञ्ज महानगरको युवा पिडी र उज्ज्वल भविष्यको लागि आफूले मेयर पदमा उम्मेद्वारी दिएको गिरीले बताएका छन् । यात्राडेलीसँग गरिएको संक्षिप्त कुराकानी गिरीले भने, "मैले जीवनभर बटुलेको अनुभव र मेरो इमान्दारितालाई आधार बनाएर वीरगञ्ज महानगरको मेयर पदका लागि मैले उम्मेद्वारी दिँदैछु । मेरो यस प्रयासमा नगरवासीले मलाई साथ दिनेछन भन्ने आशा छ ।"

लामो समयदेखि पत्रकारिता गरिरहेका गिरीले "वीरगञ्ज-मेरो शहरको कथा" र हालै सताब्दीपुरूष सत्यमोहन जाेशीको पुस्तक पनि लेखेका छन् ।

Back to top