×

वीरगञ्ज, १० वैशाख । नेकपा एमाले वीरगञ्ज महानगर कमिटीले स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । 

वीरगञ्जको मुर्लीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमाले वीरगञ्ज महानगर कमिटिले घोषणापत्र सार्वजनिक गरेको हो । 

वीरगञ्ज महानगर निर्वाचन परिचालन समितीका संयोजक अरबिन्द सिंहको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा मेयर पदका उम्मेदवार विजयकुमार सरावगीले निर्वाचित भएपछि प्रतिवद्धता पत्रमा उल्लेखित बुदाहरु क्रमश पुरा गर्दै जाने बताएका थिए । 

कोरोना महामारी र आफु आवद्ध पुरानो दल जसपाका नेता कार्यकर्ताको असहयोगका कारण अघिल्लो चुनावमा गरिएका केहि प्रतिवद्धताहरु पुरा हुननसेको बताउँदै सरावगीए अब जितेपछि अधुरा काम संगै नयाँ योजनाको थालनी गरी वीरगञ्जको विकासमा जोड दिने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले बाँकी रहेका अधुरा योजना र काम पूरा गर्न आफूले वीरगञ्जको मेयर पदमा पुन: उम्मेदवारी दिएको बताएका थिए ।  

यसैगरी प्रमुख अतिथी पर्सा इन्चार्ज प्रभु हजराले घोषणा पत्रमा सार्वजनिक गरिएका योजनालाई पार्टीले ईमान्दारिका साथ पुरा गर्न लगाउने बताएका थिए । 

घोषणापत्र मस्यौदाकार समितिका संयोजक समेत रहेका अरविन्द सिंहले प्रतिवद्धता पत्र मेयरको मात्र नभई सिंगो पार्टीको जिम्मेवारी भएको बताएका थिए । उनले प्रतिवद्धता पत्र निर्माण गर्न समाजका हरेक वर्ग र समुदायसँग प्रत्यक्ष भेटगरी सुझाव संकल्न गरिएको जानकारी दिए । प्रतिवद्धता पत्रमा सडक, नाला निर्माण, भौतिक पूर्वाधार विकास, फोहर व्यवस्थापन, शिक्षा ,स्वास्थ्य, कृषि क्षेत्रको विकास, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारलगायतको कुरा उल्लेख गरिएको सिंहले बताए । 

सिंहले  छिटै प्रतिवद्धता पत्रलाई गठबन्धनमा आवद्ध लोसपा लगायतका अन्य दलसँग समन्व गरि मुर्त रुप दिने वताए । 

घोषणा कार्यक्रममा जिल्ला अध्यक्ष जयप्रकाश थारु, संबिधानसभाका सदस्य विचारी यादव, प्रदेश कमिटी सदस्य शम्भु गुप्ता, बसरुदिन अन्सारी, मेघराज हजरालगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रमको सहजीकरण नेकपा एमाले जिल्ला कमिटि सदस्य श्याम बन्जाराले गरेका थिए ।

घोषणा पत्र पढ्न यहाँ क्लिक गर्नुहोला ।

Back to top