×

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) बिजय कुमार सरावगीले मधेशवादी दलका नेताहरुले मधेशलाई बेचेर आफ्नो तिजौरी भरेको आरोप लगाएका छन् । 

नेकपा एमाले पर्साले मंगलवार वीरगञ्जमा आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सरावगीले मधेशवादी दलहरुले मधेशलाई बेचेर आफ्नो तिजोरी भरेको बताए । मधेशका लागि केही गर्न नसकेको र मधेशको नाम बेचेर मधेशी जनतालाई भ्रममा पारेको मेयर सरावगीको भनाई छ । 

सरावगीले देश, जनता र विकासका लागि फेरि पनि केपी ओली नेतृत्वमा आउनुपर्ने आवश्यक्ता औँल्याए । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका काम र केपी ओलीको विकासको भिजन देखेर नै  एमाले प्रवेश गरेको सरावगीले बताए । 

एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन सरावगीले नेता–कार्यकर्तालाई आग्रह गरे । अन्य दलले मधेशको विकास गर्छाैं भनेर आश्वासन देखाएपनि एमालेले मात्रै काम गरेर देखाएको सरावगीले बताए । 

Back to top