×

वीरगञ्ज । हिमालयन बैंक लिमिटेडले जिल्ला प्रहरी कार्यालय पर्सालाई क्यामरा उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अनुरोधमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बैंकले सोमवार गोप्रो हिरो–१२ क्यामरा उपलब्ध गराएको हो । 

बैंकका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैंककै मधेश प्रदेश प्रमुख सागरकुमार रेग्मीले पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेललाई क्यामरा हस्तान्तरण गरेका हुन् ।
जिल्लामा सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिहरूको निगरानी तथा रोकथाम गर्न बैंकले क्यामरा सहयोग गरेको प्रमुख प्रशासकिय अधिकृत अग्रवालले बताए । 

गोप्रो हिरो १२ क्यामराले पर्साको शान्ति सुरक्षासँगै अपराध नियन्त्रणमा सघाउ पुग्ने प्रमुख प्रहरी उपरीक्षक ढुङ्गेलको विश्वास छ । साथै उनले सामाजिक उत्तरदायित्व बहन गर्दै पर्सा प्रहरीलाई गरेको सहयोगप्रति आभार व्यक्त गरे । 

हस्तान्तरण समारोहमा बैंक र जिल्ला प्रहरी कार्यालयका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।
 

Back to top