×

वीरगञ्ज । निर्वाचन आयोगले अशोक राई नेतृत्वको दल जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विद्रोह गरेका नेताहरूले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगको सोमबार बसेको बैठकले दल दर्ता गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी ऐन तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम दल दर्ता गर्ने निर्णय भएको हो ।

नयाँ दलको नाम जनता समाजवादी पार्टी छ ।

जबकि यादव नेतृत्वको दलको नाम जनता समाजवादी पार्टी नेपाल छ ।

Back to top