×

वीरगञ्ज १० रानीघाटस्थित आदिशक्ति कुमारी माई मन्दिरमा स्थापित मुर्तीको प्राणप्रतिष्ठाको लागि आज कलशयात्रा निकालिएको छ । 

आदिशक्ति कुमारी माई मन्दिरमा स्थापित मुर्तीको प्राणप्रतिष्ठा गर्न स्थानियहरु हजारौँको सहभागितामा कलशयात्रा निकाली नगर परिक्रमा गरिएको हो । 

कलशयात्रामा सहभागीहरुले यहाँस्थित घडिअर्वा पोखरीमा गएर जल भरेका थिए ।

मुर्तीको प्राणप्रतिष्ठाको लागि वीरगञ्ज रानीघाटस्थित मन्दिरमा आयोजित पुजा एवम् कथा आज दिउँसो २ बजे देखी ७ बजेसम्म भागवत कथा हुने यज्ञकर्ता नारायण तिवारीले बताए ।

सात दिनसम्म चल्ने पूजा एवम् कथा वाचनमा सहभागी भई पुण्यको भागी बन्न पुजाको मुख्य जजमान शिवजी प्रसाद कलवारले सम्पूर्णलाई आग्रह गरेका छन् ।

कर्मकुटी बिधान एवम् जलाधिवास, प्राणप्रतिष्ठा एवम् पुर्णाहुती कुमारी पुजन तथा प्रसाद वितरण  
गते आइतबारका दिन हुने कुमारी माई मन्दिर समितीले जनाएको छ ।

पूजामा पण्डित सुरेन्द्र तिवारी, सन्तोष झा, रामनारायण महतो धानुक लगायतको सहभागीता रहने छ । भागवत कथा तथा पुजामा भारतका बिभिन्न ठाँउका पण्डितहरुको सहभागीता रहने छ ।

Back to top