×

वीरगञ्ज, ७ चैत । सङ्घीय सांसद् प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाक नगरप्रमुख (मेयर) विजयकुमार सरावगीमाथि वडा अध्यक्षहरुलाई खरिद गरेको आरोप लगाएका छन् ।

मेयर सरावगीले राजनीतिलाई व्यापारीकरण गरेको भन्दै सांसद् यादवले अन्य दलबाट निर्वाचित वडा अध्यक्षहरुलाई ३० लाख रुपैयाँसम्म खरिद गरेर मेयर सरावगीले एमाले प्रवेश गराएको आरोप लगाएका हुन् । “मैले एकजना व्यपारीलाई मेयरमा के जिताए आज त्यसले राजनीतिलाई व्यापार बनाएका छन् । एकजना वडा अध्यक्षको ३० रुपैयाँ दाम लगाइरहेको छ,” सांसद् यादवले भने । 

वीरगञ्जका प्रभावशाली नेता राजेशमान सिंहलाई जनता समाजवादी पार्टी (जसपा) प्रवेश गराउन टाउन हलमा आयोजित कार्यक्रममा बोल्दै यादवले राजनीतिलाई व्यपार बनाई मधेश आन्दोलनसँग गद्दारी गर्नेहरुलाई जनताले लखेट्नु पर्ने बताए ।

मेयर सरावगी पर्साका अर्का सङ्घीय सांसद् विमल श्रीवास्तवको इशारमा काम गरिहेको यादवको भनाई छ । विमल श्रीवास्तव तर्फ इंकित गर्दै उनले भने, “एकजना लोसपाका सांसद् छन् । पहिला उनि जसपाका सांसद् थिए । अहिले उनि हुन् लोसपाका सांसद् तर केपी ओलीको बहरुपिया बनेर पर्सा जिल्लामा एमालेको लागि काम गरिरहेका छन् । यदि दम छ भने जुन पार्टीबाट तिमि सांसद्मा निर्वाचित छौँ, त्यसबाट राजिनामा दिएर फिल्डमा आउ अनि तिम्रो ताकतको पत्ता लाग्छ । तिम्रो ताकत के छ । मैले ल्याएर एकजना व्यपारीलाई मेयर के जिताईदिए उनले उसलाई नै भजाइरहेका छन् ।”

आगामी स्थानीय तहको निर्वाचनमा जसपाको तर्फबाट वीरगञ्जको मेयरको उम्मेदवार राजेशमान रहेको भन्दै यादवले आज पर्सामा मधेश आन्दोलनको नेतृत्व गरेका दुबै कमान्डरहरु एकै ठाउँमा आएको देख्दा सबै खुसि भएको दावी गरे । 

एमाले प्रवेश गर्नुअघि राजेशमानले आफूलाई फोन गरेपनि कुनै कारणवास उठाउँन नसक्दा उनि एमाले गएको यादवले बताए । “केपी ओलीसँग भेट्न जानुआघि राजेशमानजीले मलाई फोन फरेका थिए । तर दुर्भाग्यवास मैले उहाँको फोन उठाउन सकिन । पछि मैले फोन गर्दा उहाँको फोन अफ भइसकेको थियो,” उनले भने, “त्यो बेला मसँग धेरै ठूलो गल्ती भयो । उहाँ एमालेमा जानुभयो । तर, अब सबै ठिक भएको छ । जिल्लामा मधेश आन्दोलनलाई हाक्ने हामी एकै ठाउँमा उभेका छौँ ।”

लोसपा त्यागेर राजेशमान सिंहसहित सयौँ युवाले आजदेखि जसपा प्रवेश गरेका छन् । राजेशमानलाई जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायातले जसपामा स्वागत गरेका छन् । उनि जसपा प्रवेश गर्नुअघि एमालेमा जान लागेका थिए । तर, उनिभन्दा पहिला नै वीरगञ्जका मेयर सरावागीले एमाले प्रवेश गरेपछि उनले जसपा रोजेका हुन् ।

Back to top