×

मधेश प्रदेशका मुख्यमन्त्री मो. मुख्यमन्त्री लालबाबु राउत । फाइल तस्विर ।

वीरगञ्ज, ६ चैत । निर्वाचनको मुखमा आएर प्रदेश सरकारले अनुदान मार्फत करोडौँ रुपैयाँ बाड्ने तयारी गरिरहेको छ । 

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वमा रहेको मधेश प्रदेशको सरकारले स्थानीयसहित तीनै तहको निर्वाचन नजिकिँदै गर्दा मतदाता प्रभावित पार्ने उद्देश्यले करोडौँ अनुदान दिने तयारी गरेको हो ।

यसको सुरुवात जसपाका पूर्व प्रदेश अध्यक्षसमेत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले गरेका छन् । 

यादवले आफ्नो मन्त्रालयबाट मधेश प्रदेशमा व्यावसायिक रुपमा कृषि गर्ने कृषक समूह, सहकारी र कम्पनीहरूलाई अनुदान बाँड्न सूचना निकालेका छन् ।

आइतबार प्रकाशित सूचनामा एक करोडसम्म अनुदान दिन सकिने उल्लेख छ । योजनाअनुसार एउटा आयोजनामा अनुदान रकम न्यूनतम २५ लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म पाइनेछ ।  चैत २१ सम्म इच्छुकले आवेदन दिनुपर्ने उल्लेख छ।

प्रदेश सरकारको कार्यकालको अन्तिम समयमा चुनाव नजिकिँदै गर्दा आफ्ना कार्यकर्तालाई पोस्न, मतदाता रिझाउन अनुदान बाँड्न लागिएको मधेशका अगुवाहरुले आलोचना गरेका छन् ।

Back to top