×

वीरगञ्ज, २९ पुष । यस वर्षको क्यान इन्फोटेक स्थगित भएको छ । आगामी माघ १८ गते देखि सुरु हुने प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएपनि कोरोना संक्रमण बढेसँगै अर्को सूचना जारी नभएसम्म स्थगित भएको आयोजकले जनाएको छ ।

जिल्ला प्रशासन काठमाडौंले २५ जना भन्दा बढी सार्वजनिक स्थलमा भेला नहुन यसअघि नै निर्देशन दिइसकेको छ । यसैगरी विभिन्न सेमिनार र गोष्ठी भर्छुअल रुपमा गर्ने र मेला तथा प्रदर्शन तगर्न पनि आदेश जारी गरेको छ ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) का साथै सूचना तथा सञ्चार प्रविधि सम्बन्धि अन्य कम्पनी तथा संस्थाहरुको सहभागिता रहने गरी सम्पूर्ण तयारी पनि पूरा भएको आयोजकले जनाएको छ ।

Back to top