×

प्रयोगकर्ताबीच लोकप्रिय बनिरहनका लागि माइक्रो ब्लगिङ साइट ट्वीटरले विभिन्न नयाँ फिचरहरू ल्याउने गरेको छ । सोही क्रममा ट्वीटरले आफ्नो एपमा यस्तो नयाँ फिचर थप गर्दैछ जहाँ प्रयोगकर्ताहरुले फोटो तथा भिडियो मार्फत् कुनै पनि ट्वीटमा प्रतिक्रिया जनाउन सक्नेछन् ।

ट्वीटरको यो फिचरमा हुबहु टिकटक तथा इन्स्टाग्राम रिल्स जस्तै भिडियो तथा फोटो देखिनेछ ।

ट्वीटरले थप गर्न लागेको उक्त नयाँ फिचरको नाम quote tweet with reaction हुनेछ । यो रिट्वीट मेन्यूमा उपलब्ध हुनेछ ।

रिट्वीट मेन्यूमा गएसँगै उक्त ट्याब देखिनेछ र त्यसमा क्लिक गरेर प्रयोगकर्ताले कुनै यस्ता ट्वीटमा रिएक्ट गर्न सक्नेछन् जसमा फोटो तथा भिडियोको मूल ट्वीट एम्बेड हुन्छ । ट्वीटरले यो एक्सप्लोर ट्याब फिचर परीक्षणका लागि गत डिसेम्बरमा केही देशका प्रयोगकर्ताका लागि उपलब्ध गराइसकेको छ ।

वास्तवमा टिकटक र इन्स्टाग्राम रिलको नक्कल गर्दै ट्वीटरले quote tweet with reaction नामक टूलको परीक्षण गरिरहेको छ । जहाँ प्रयोगकर्ताले कुनै ट्वीटमा प्रतिक्रिया जनाउँदा अक्षरहरू टाइप गर्नुको साटो एक फोटो वा भिडियोमा ट्वीट कपी एम्बेड गर्न सक्नेछन् । यसका लागि सुरुमा रिट्वीट आइकनमा ट्याप गरेर quote tweet with reaction छान्नुपर्दछ । त्यसपछि आफ्नो प्रतिक्रियात्मक भिडियो तथा फोटो तयार गरी उल्लेखित ट्वीटलाई एम्बेड गरेर पोस्ट गर्न सकिन्छ ।

ट्वीटरका अनुसार हाल ट्वीटरको आइओएस एपमा यो फिचरको परीक्षण भैरहेको छ ।

स्मरण रहोस् गतवर्ष ट्वीटरले फि्लट्स नामको एक फिचर अपडेट गरेको थियो । इन्स्टाग्राम स्टोरीज जस्तै उक्त फिचरमा प्रयोगकर्ताले फोटो तथा भिडियोलाई लिएर फि्लट्स गर्न सक्दछन् र त्यो २४ घण्टापछि आफै हराउँदथ्यो । तर ट्वीटरले केही महिनापछि नै उक्त फिचर बन्द गरेको थियो ।

Back to top