×

वीरगञ्ज ९ पुस ।  पुष १ गतेदेखि लागु हुने गरी बिजुलीको नयाँ महसुल दर सार्वजनिक भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुरले सबै किसिमका ग्राहकको लागि नयाँ महसुल दल निर्धारण गरेको हो ।

चितवनमा पाँच एम्पियरका ग्राहस्थ ग्राहकले मासिक २० युनिटसम्म विद्युत खपत गरे इनर्जी शुल्क तिर्नुपर्दैन । उनीहरुले मासिक न्युनतम शुल्क ३० रुपैयाँ तिरे पुग्छ । २० युनिटभन्दा बढी खपत गरे १ देखि २० युनिटसम्मको इनर्जी शुल्क प्रति युनिट तीन रुपैयाँ लाग्ने छ ।

कोठा भाडामा लिएर बस्नेसँग घरभेटीले प्रतियुनिट १० रुपैयाँभन्दा बढी लिन नपाउने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए । ‘नयाँ महसुल दर अनुसार कुनै पनि घरभेटीले भाडामा बस्नेहरुबाट प्रति युनिट १० रुपैयाँभन्दा बढी लिन नहुने व्यवस्था गरिएको छ’, उनले भने । 

Back to top