×

वीरगञ्ज, २७ मंसिर । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगञ्ज ९९ मेगाहर्जले आजबाट आफनो प्रसारणको १९ वर्ष पुरा गरेको छ । २० औँ वर्षमा प्रवेश गर्दै रेडियो वीरगञ्जले १९ औ वार्षिकोत्सवको अवसरमा गत मंसिर १८ गते वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ भने मंसिर २५ गते राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको सहभागितामा खुला सांस्कृतिक कार्यक्रम सम्पन्न समेत गरेको छ । 

रेडियो वीरगञ्जले १९ बर्ष पुरा गरी २० औं बर्षमा प्रवेश गरेको अवसरमा रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहले एक प्रेस विज्ञप्ती जारी गरी रेडियोका आम स्रोता, विज्ञापनदाता, शुभचिन्तकहरुप्रति आभार प्रकट गरेका छन् । 

श्रोता, विज्ञापनदाता र शुभचिन्तकको अपार माया, स्नेह र सहयोगका कारण रेडियो वीरगञ्जले रेडियो पोखरीया, टिभी वीरगञ्ज संचालन गरि रहेको र टिभि वीरगञ्जले बार्षिक उत्सवको अवसरमा २७ गते आज देखि नै नियमित प्रशारण हुने साहद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी केहि समय भित्रै म्युजिक एफ.एम. समेत संचालनमा आउने जनाईएको छ । कार्यकारी अध्यक्ष साहद्वारा जारी विज्ञप्तीमा १९ बर्ष सम्म रेडियो वीरगञ्जलाई अपार माया, स्नेह, प्रदान गर्ने स्रोता, विज्ञापनदाता, शुभचिन्तकहरुको विश्वासलाई थप मजबुद बनाउदै जाने प्रबिद्धता समेत व्यक्त गरिएको छ । 

Back to top