काठमाण्डौ, २४ मंसिर । ललितपुरको डुकुछापमा डिशहोमले सेटेलाईट टेलीपोर्ट स्थापना गरेको छ ।
छ्यासीकोटस्थित टेलिपोर्टबाट डिटिएच सर्भिस प्रदान गर्दै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि दोस्रो सेटेलाईट टेलीपोर्ट स्थापना गरेको हो ।
छ्यासीकोटस्थित डिशहोमको स्टेशनबाट फाईबर केबलको माध्यमबाट डुकुछापमा स्थापित सेटेलाईट टेलीपोर्टसम्म डिशहोमका सम्पुर्ण टेलिभिजन सिग्नलसँग सम्बन्ध जोडेर प्रसारण गरिएको छ ।
कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो सेटेलाईट टेलीपोर्ट स्थापना गरिएको हो ।