×

सीजी कम्युनिकेसन्सले जेठ महिनादेखि सुरू गरेको इन्टरनेट सेवा ‘सीजीनेट’ विभिन्न ठाउँमा विस्तार भइरहेको छ ।

सुरुमा ९९९ रुपैयाँमा १२० एमबीपीएस गतिको इन्टरनेट सेवा ल्याएको सीजीले अहिले ६४९ रूपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ल्याएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार हालसम्म विभिन्न २३ स्थानमा इन्टरनेट सेवा विस्तार भएको छ ।

यसअन्तर्गत काठमाडौं उपत्यकाका जावलाखेल, कोटेश्वर, कुपण्डोल, कुलेश्वर, कालिमाटी, कलंकी, सतुगंल, शान्तिनगर, शंखमुल, छाउनी, गोगंबु, महाराजगन्ज, धापासी, बालाजु, जोरपाटी, चाबाहिल, मुलपानी, सातदोबाटो, कपन, भैंसीपाटी, सितापाइला, सानोठिमी र रानीबारीमा इन्टरनेट सेवा उपलब्ध छ ।

त्यस्तै पेप्सिकोला, इमाडोल, विशालनगर, गौशाला, धर्मस्थली, बुढानिलकण्ठ, सूर्यविनायक, ठमेल र लाजिम्पाटमा इन्टरनेट सेवा विस्तार हुने चरणमा रहेको कम्पनीले जनाएको छ ।

२०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने कम्पनीको लक्ष्य छ । - टेकपाना

Back to top