×

ह्वावेले आउँदो डिसेम्बर २३ तारिखमा ब्लड प्रेसर मापन गर्नसक्ने कम्पनीको पहिलो स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । ‘ह्वावे वाच डी’ नामक उक्त स्मार्टवाच कम्पनीले विशेष कार्यक्रमका बीच सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

यसका साथै उक्त कार्यक्रममार्फत कम्पनीले फोल्डेबल स्मार्टफोन पनि सार्वजनिक गर्नसक्ने चर्चा छ, जसको नाम ‘मेट भी’ हुने अनुमान गरिएको छ ।

साथै कम्पनीकाे ल्यापटपसमेत सोही कार्यक्रममार्फत सार्वजनिक हुनसक्ने छ ।

प्राप्त जानकारी अनुसार कम्पनीले यी उत्पादनमध्ये धेरैजसो पहिलो पटक चिनियाँ बजारमा मात्रै उपलब्ध गराउने छ ।

तर, स्मार्टवाच भने विश्व बजारमा उपलब्ध हुने जनाइएको छ ।- टेकपाना

Back to top