×

कुनै दिन पृथ्वीतर्फ आउन सक्ने एउटा खतरनाक एस्टेरोइड अर्थात् क्षुद्रग्रहको दिशा मोड्ने ‘डार्ट मिसन’ नासाले लन्च गरेको छ ।अन्तरिक्षमा तैरिरहेको उक्त विशाल चट्टानलाई पृथ्वीसँग ठोक्किनबाट रोक्न कत्तिको कठिन रहेछ भन्ने यस मिसनले पत्ता लगाउनेछ ।

पृथ्वीलाई कसरी जोगाउन सकिन्छ भन्नेबारे यसले धेरै कुरा सिकाउने अपेक्षा गरिएको छ ।सौर्य प्रणाली निर्माण हुँदा बाँकी बचेका चट्टानलगायत अंशहरू क्षुद्रग्रह हुन् । अन्तरिक्षको चट्टान सूर्य वरपरको मार्गबाट पृथ्वी घुमिरहेकै समयमा एकै ठाउँ आइपुगेर ठोक्किनु एकदमै दुर्लभ कुरा मानिन्छ । त्यसैले पनि हालका लागि सो क्षुद्रग्रह जोखिमपूर्ण नरहेको तर पछि यसले प्रभाव पार्न सक्ने खतरा कायमै रहेको बताइएको छ ।

यस प्रकारले क्षुद्रग्रहको मार्ग बदल्ने यो मानव समुदायकै पहिलो प्रयास हुनेछ । यसमा प्रयोग गरिने यान सो चट्टानसँग ठोक्किनेछ र यानको रफ्तारले त्यसको मार्ग कुन स्तरमा बदल्न सक्छ भन्ने पत्ता लगाइनेछ ।अन्तरिक्षमा भएका केही सय मिटर चौडाइका चट्टान पृथ्वीमा ठोक्किने हो भने त्यसले एउटा पूरै महादेशभरि क्षति पुर्‍याउन सक्छ ।

फेल्कन ९ रकेटलाई बोकेको उक्त यान बुधबार क्यालिफोर्नियाको स्पेस फोर्स बेसबाट उड्नेछ ।डार्ट मिसनले दुईवटा क्षुद्रग्रहलाई लक्षित गर्नेछ, जो एकार्काको वरपर घुमिरहेका छन् । यसमा यानले सानो चट्टानलाई ठक्कर दिनेछ । त्यो चट्टानलाई ‘डाइमोरफोस’को नाम दिइएको छ ।

नासाको ग्रह रक्षा सहकार्य अफिसबाट केली फास्टले भनेका छन्, “डार्टले केबल डाइमोरफोसको मार्गलाई थोरैले मात्र परिवर्तन गर्ने प्रयास गर्नेछ । कुनै पनि क्षुद्रग्रहबारे अगाडि नै थाहा पाइयो भने त्यतिको बदलाव नै हाम्रो ग्रहलाई सुरक्षित राख्न पर्याप्त हुनेछ ।”

Back to top