×

वीरगञ्ज, ८ मंसिर ।  पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ स्थित श्री जानकी राजेश पंडित आधारभूत विद्यालय महुवनमा अध्ययनरत २२ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

महुवनस्थित बेलमाई टोलका २२ जना छात्राहरुलाई मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्र्तगत साइकल वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश पंडितको सभापतित्वमा सम्पन्न साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य अब्दुल रहिम अन्सारीले साइकल वितरणले छात्राहरुमा पढ्नुपर्छ भन्ने सन्देशको विकास हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष रुपलाल यादव, शिक्षक मुकेश यादव, प्रमिला देवी, शोभा रौनियार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण प्रधानाध्यापक रामदिनेस पंडितले गरेका थिए । 
 

Back to top