×

राकेश यादव 
नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको महान अभियानमा पार्टीका हरेक तह तप्का सक्रिय गतिमा चलायमान छन् । हिजो अन्र्तघात गर्नेहरु पार्टीको मर्यादा र सिद्धान्त विपरीत खुल्ला तवरले तथानाम गाली गर्नेहरुदेखि लिएर अन्य पार्टीका झण्डा बोक्नेहरुको पनि नेपाली काङ्ग्रेसप्रतिको लगाव घामजस्तै छर्लङ्गै छ । तर हिजो पार्टीलाई आवश्यकता परेको बेला पिठ्यु देखाउने कायरहरु नेपाली काङ्ग्रेसलाई वर्तमानमा कमाई खाने भाँडो बनाएको देख्दा आम काङ्ग्रेसी जन तल्लो तहका कार्यकर्ताको चित्त दुख्नु स्वभाविक नै हो ।

विगतमा पार्टीभित्र अन्र्तघात गर्ने अन्र्तघातीहरुकै कारण आज काङ्ग्रेसको क्रियाशिल विवाद सिर्जना भएको हो भन्दा फरक नपर्ला । नयाँ क्रियाशिल पुराना नविकरण ठाउँ सारी जस्ता अनेकन विवादका कारण पनि आज नेपाली काङ्ग्रेसमा विवादको विजारोपण भएको हो । आजको यो विवादको कारणले गर्दा आउने स्थानीय चुनाव र संघिय चुनावमा समेत यसको असर पर्ने प्रमाणहरु विगतले पनि प्रस्ट पारेकै छ । 

आपसी विवादकै प्रकरण दोहरयाउने प्रवृतिमा परापुर्वकालदेखि नै काङ्ग्रेसी नेतृत्व रुमल्लिँदा देशमा परिर्वतन आएपनि नेपाली काङ्ग्रेसमा परिर्वन आउन नसकेको तितो सत्य पनि कसैसामु लुकेको छैन । जसका कारण हामी हार बेहोर्ने विवश छौँ ।

अधिवेशन र चुनावको मिती जुधाउनु हुँदैन भन्ने चेत हुँदाहुँदै पनि नेतागणको मनसपटलमा सामान्य  अवधारणाले नछुनुले नेतृत्वकर्तामा भिजन नभएको आरोप पनि बेला बेला नलागेको हैन । 
यद्यपी पार्टीको नियम कानुनसँगै विद्यानको पालना गरेमा काङ्ग्रेस सदैव देशकै ठूलो पार्टीको रुपमा रहन्छ भन्नेमा कुनै आशंका छैन । 

(१) नेपाली काङ्ग्रेसको सदस्यता प्राप्त गर्ने योग्यता :

(क) १८ वर्ष उमेर पूरा भएको । 
(२) नेपाली काङ्ग्रेसको आदर्श, उद्देश्य, नीति र विद्यानमा आस्था भएको । 
(३) नेपाली काङ्ग्रेसको अनुशासनभित्र रहन मन्जुर । 
(४) प्रचलित कानुनले राजनीतिक दलको सदस्य हुन अयोग्य नठहरिएको । 
(५) नेपाली काङ्ग्रेसको सदस्यता प्राप्तिको आवेदन फारममा उल्लेखित प्रतिज्ञा/सपत लिन मन्जुर ।
(६) अन्य राजनीतिक दलको सदस्य नभएको वा सदस्यता त्याग गरेको ।

(३) नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता प्राप्त गर्ने मापदण्ड :

(क) पार्टीको उद्देश्य, नीति, कार्यक्रमलाई निरन्तर सहयोग पु-याउँदै आएको । 
(ख) निर्वाचनमा पार्टीको निर्देशनअनुरुप सक्रियता पूर्वक संलग्न रहेको र निर्वाचनको समयमा पार्टी र उम्मेदवारको पक्षमा काम गरेको । 
(ग) पार्टीका विभिन्न कार्यक्रम, अभियान वा आन्दोलनको क्रममा विभिन्न कष्ट, यातना, जेल वा निर्वासन भोगेको । 
(घ) पार्टीले आयोजना गरेको प्रशिक्षण, गोष्ठी, अन्तरक्रिया लगायत राजनीतिक, सामाजिक, सांस्कृतिक एवम् विविध रचनात्मक कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागी भएको । 
(ङ) पार्टी वा भातृ संघको माध्यमबाट विकास निर्माण र अन्य सामाजिक कार्यमा सक्रिय रहेको ।
(च) तोकिए बमोजिम बुझाउनुपर्ने पार्टीको रकम वा सम्पत्ति बुझाउन बाँकी नरहेको वा बुझाउन नपर्ने गरी सम्बन्धित निकायले निर्णय गरेको । 
(छ) आफू प्रतिनीधि सदस्य भएको अधिवेशन र सम्मेलनमा वा उपस्थित हुनु पर्ने बैठक, अधिवेशन, सम्मेलन वा पार्टीले उपस्थित हुन निर्देशन गरेको स्थान र कार्यक्रममा भाग लिएको । 
(ज) जिल्लाभित्र पार्टीको आयोजनामा सञ्चालन भएका विभिन्न कार्यक्रमहरूमा उपस्थित भई सक्रियतापूर्वक जिम्मेवारी पूरा गरेको । तर, पार्टीको अन्य जिम्मेवारीमा जिल्लाबाहिर रहनु पर्ने सदस्यका हकमा र प्रजनन अवधिमा बसेकी महिलाको हकमा यो व्यवस्थाले वाधा पु¥याउने छैन । 
(झ) पार्टी अनुशासन वा आचार संहिताको उल्लङ्घनमा पार्टीबाट कारवाहीमा नपरेको । 

(४) नेपाली काङ्ग्रेसको सदस्यता प्रदान गर्ने कार्यविधि :

नेपाली काङ्ग्रेसको सदस्यको आवेदन फारम पार्टीको सबै निकायमा उपलब्ध हुनेछ । नेपाली काङ्ग्रेसको सदस्यता लिन चाहने व्यक्तिले आवेदन पत्रमा उल्लेखित प्रतिवद्धतामा मन्जुर भई आफ्नो सम्पूर्ण विवरण उल्लेख गरी आफ्नो मतदाता नामावलीमा नाम भएको नेपाली काङ्ग्रेस टोल वा वडा कार्यसमितिको कार्यालय वा पार्टीको जुनसुकै कार्यसमितिमा आवेदन दिन सक्नेछ । प्राप्त आवेदनको आधारमा पार्टी निकायले सदस्यता प्रदान गर्नेछ । सम्बन्धित वडा बाहेकको निकायले सदस्यता प्रदान गरेमा सोको जानकारी सम्बन्धित वडा कार्यसमितिलाई गराउनेछ । वडा कार्यसमितिले सबै सदस्यको अभिलेख राखी पार्टीको माथिल्लो निकायमा पठाउनेछ । पार्टीको जिल्ला कार्यसमितिले मातहतका सवै निकायलाई सदस्यताको विवरण अद्यावधिक राख्न लगाउने र जिल्लाभरिको विवरण जिल्ला कार्यसमितिमा राखी प्रत्येक छ महिनामा प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाउनेछ । 

(५) नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता प्रदान गर्ने कार्यविधि :

 (क) वडा कार्यसमितिले नियमित रुपमा क्रियाशील सदस्यताको सिफारिस गरी गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउनु पर्नेछ । वडा कार्यसमितिले वडा कार्यसमितिको बैठक गरी सोही बैठकमा वडा भित्रका क्रियाशील सदस्य समेत आमन्त्रण गरी क्रियाशील सदस्यता दिनु पर्ने व्यक्तिको नाम कार्यसमितिको बैठकवाट निर्णय गरी राय साथ गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउनेछ । वडा कार्यसमितिले नियमित रुपमा योग्यता पुगेका क्रियाशील सदस्यको नाम सिफारिस नगरेमा गाउँपालिका/नगरपालिका कार्यसमितिले आफू मातहतका वडा कार्यसमितिसँग क्रियाशील सदस्यता दिनुपर्ने नेपाली काङ्ग्रेसका सदस्यको नामावली माग्नेछ । 

(ख) गाउँपालिका/नगरपालिका कार्यसमितिले नाम प्राप्त भएको दुई हप्ताभित्र बैठक गरी सिफारिश भई आएका व्यक्ति विधानको धारा ४ (३) बमोजिम क्रियाशील सदस्यता पाउन योग्य भएमा सोही बमोजिम वडा कार्यसमितिलाई क्रियाशील सदस्यताको फारम उपलब्ध गराउनेछ ।

(ग) वडा कार्यसमितिले सम्बन्धित व्यक्तिलाई फारम प्राप्त भएको दुई हप्ताभित्र फारम भर्न लगाई सिफारिस साथ गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउनेछ । गाउँपालिका/नगरपालिका कार्यसमितिले बैठक गरी क्रियाशील सदस्यताका लागि प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई विवरणको जानकारी गराई दुई हप्ताभित्र प्रतिनीधि सभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्नेछ । 
(घ) प्रतिनीधि सभा क्षेत्रीय कार्यसमितिले सिफारिस प्राप्त भएको बढीमा एक महिनाभित्र प्राप्त सिफारिसमा योग्यता पुगेका व्यक्तिलाई कार्यसमितिको बैठकवाट निर्णय गरी क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गर्नेछ । प्रतिनीधि सभा क्षेत्रीय कार्यसमितिले सदस्यताको सम्पूर्ण विवरण राखी मातहतका निकायलाई राख्न लगाउने र जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाउनेछ । 

(ङ) नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय भएको सदस्यलाई केन्द्रीय सभापति, प्रदेश सभापति र जिल्ला सभापतिको हस्ताक्षर भएको नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यताको प्रमाण पत्र प्रदान गरिनेछ ।

(६) नेपाली काङ्ग्रेसको सदस्यता नवीकरण गर्ने कार्यबिधि :

नेपाली काङ्ग्रेसको सदस्यता नवीकरण गर्न चाहने सदस्यले प्रत्येक वर्ष आफू सदस्य रहेको वडा कार्यसमितिमा नवीकरणका लागि तोकिए बमोजिमको आवेदन दिनु पर्नेछ । वडा कार्यसमितिले सदस्यता नवीकरण गर्नेछ ।

(७) नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्ने कार्यविधि :

(क) नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यले प्रत्येक वर्ष क्रियाशील सदस्यता नवीकरण गर्नु पर्नेछ । क्रियाशील सदस्यता नवीकरण गर्न वडा कार्यसमितिमा तोकिए बमोजिमको आवेदन दिनु पर्नेछ । वडा कार्यसमितिले धारा ४ (३) बमाजिमको योग्यता पुगेको क्रियाशील सदस्यको सदस्यता नवीकरण गर्न फारम प्राप्त भएको दुई हप्ताभित्र गाउँपालिका÷नगरपालिका कार्यसमितिमा सिफारिस गरी पठाउनेछ । 

(ख) गाउँपालिका/नगरपालिका कार्यसमितिले प्राप्त नवीकरण सम्बन्धी सबै आवेदनमा आफ्नो राय सहितको विवरण दुई हप्ताभित्र प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा, प्रदेश सभा क्षेत्रीय कार्यसमितिले आफ्नो राय सहितको विवरण दुई हप्ताभित्र प्रतिनीधि सभा क्षेत्रीय कार्यसमितिमा र प्रतिनीधि सभा क्षेत्रीय कार्यसमितिले आफ्नो राय सहितको विवरण दुई हप्ताभित्र जिल्ला कार्यसमितिमा पठाउनेछ । जिल्ला कार्यसमितिले मातहत कार्यसमितिका सिफारिस र राय समेतको आधारमा आवेदन उपर बढीमा एक महिनाभित्र निर्णय गरी आवेदक र मातहतका सिफारिस गर्ने सबै निकायलाई निर्णयको जानकारी गराउनेछ । एक मात्र प्रतिनीधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रदेश सभा क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमा पठाउनेछ । 

(ग) विभिन्न तहका कार्यसमितिले राय व्यक्त गर्दा क्रियाशील सदस्यता नवीकरणका लागि विधान बमोजिम योग्यता पुगे नपुगेको हेर्नुका साथै पछिल्लो स्थानीय तह, प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनमा आवेदकको भूमिका र अन्य जिम्मेवारी पुरा गरे नगरेको समेत हेर्नेछ । यसका लागि आवश्यक परे विभिन्न तहका निर्वाचनका उम्मेदवारको राय पनि लिन सक्नेछ । 

(घ) पार्टीका सबै तहका कार्यसमितिले सदस्यताको विवरण र सदस्यता नवीकरण गरे नगरेको अद्यावधिक गरी राख्नु पर्नेछ । जिल्ला कार्यसमितिले सदस्यता र नवीकरण गरेको अभिलेख आफूसँग राखी प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाउनेछ र मातहतका निकायलाई अभिलेख राख्न लगाउनेछ । 

(ङ) क्रियाशील सदस्यताको नवीकरण गर्न चाहने सदस्यले नवीकरण गर्दा नवीकरण गर्न योग्यता पुगेको प्रमाण सहित सदस्य स्वयं वडा कार्यसमितिको कार्यालयमा उपस्थित भई नवीकरणको आवेदन दिनुपर्नेछ ।
छातीमा हात राखि भन्ने हो भने माथि उल्लेखित विद्यानका बुँदाहरु वस्तवमै कार्यन्वयवन भएका छन् या विद्यानमा मात्रै सिमित छ ? भन्ने प्रश्नको सबै काङ्ग्रेसीजनले मनन गर्न आवश्यक छ । 

(लेखक नेपाली काङ्ग्रेसका युवा नेता हुन् ।)
 

Back to top