×

वीरगञ्ज, ६ बैशाख । वीरगञ्जमा कोभिड १९ को  संक्रमण तिव्र गतिमा बढ्दै गरेको अवस्थामा ग्रामिण क्षेत्रमा पनि सचेतना फैलाउने क्रम बढेको छ ।

ग्रामिण क्षेत्रमा पनि संक्रमण फैलिने क्रम बढ्दै गएपछि नागरिकलाई सचेत तथा सजग बनाउन सचेतना अभियान थालिएको हो । 

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले चौक चौराहा तथा मानिसहरुको जमघट हुने स्थानमा गएर कोरोना भाइरसबारे सचेतना जगाउँदै निशुल्क मास्क वितरण गरेका छन् । साथै मास्क नलगाउनेलाई रु. १ सय देखी ५ सय सम्म जरिवाना लाग्ने जानकारी पनि गराएको प्रहरी निरिक्षक थापाले बताए ।

सामाजिक दुरी कायम गर्न, सेनेटाइजरको प्रयोग गर्न, भिडभाड नगर्न, साबुन पानीले हात धुन नागरिकलाई सचेत गराइएको थापाको भनाई छ । 
 

Back to top