×

वीरगञ्ज, ३१ चैत्र ।  भुक्तानी सेवाप्रदायक ईसेवाले पर्साको वीरगञ्जसहित देशका विभिन्न स्थानका लागि २ सय ६५ जना कर्मचारी माग गरेको छ । 

देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदमा काम गर्न कम्पनीले कर्मचारीले माग गरेको हो ।

यसअन्तर्गत काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्न कर्मचारी माग गरिएको हो ।

एसईई एसएलसी उत्तीर्ण व्यक्तिहरुले विज्ञापन प्रकाशित भएको १० दिनभित्र आफ्नो बायोडेटासहित ईसेवाको इमेलमा दरखास्त पठाउन सक्छन ।

May be an image of text

Back to top