×

वीरगञ्ज, २२ चैत । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले बलात्कार मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ देवरबानामा ३ वर्ष अगाडी एक किशोरीलाई बलात्कार गरी अन्सारी मियाँ र मुख्तार मियाँ फरार रहेका थिए ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले भारत बिहार पूर्वी चम्पारण मनना गाउँमा आफन्तकहाँ लुकीछिपी बस्दै आएको अवस्थामा मुख्तार मियाँलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले जानकारी दिए ।

पक्राउ परेका मिँयालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखीएको र फरार अभियुक्त अन्सारी मियाँको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले जानकारी दिए । 
 

Back to top