×

वीरगञ्ज । विश्वभरका प्रयोगकर्ताले ह्वाट्सएप, इन्स्टाग्राम, फेसबुक र फेसबुक मेसेन्जर नचलेको गुनासो गरेका छन् । विश्वका विभिन्न ठाउँमा रहेका प्रयोगकर्ताहरुले इन्स्टाग्राम र फेसबुकको आफ्नो समाचार फिड अपडेट तथा रिफ्रेस नभएको बताएका छन् ।

उनीहरुले इन्स्टाग्राम र फेसबुकममा नयाँ अपडेट हर्न नसकेको र मेसेन्जर र ह्वाट्सएपमार्फत संदेश पठाउँन नसकेको ट्वीटरलगायतका सामाजिक सञ्जालमा लेखेर गुनासो पोखेका हुन् ।

चारै एपको स्वामित्व राखेको फेसबुकले भने अहिले सम्म यसको बारेमा कुनै प्रकारको आधिकारिक टिप्पणी गरेको छैन । यद्दपी फेसबुक नचलेको भन्दै विभिन्न मिमहरुसमेत सामाजिक सञ्जालमा देखिन थालेका छन्  । 

एउटा वेबसाईट ट्राकिङ गर्ने कम्पनि डाउन डिटेकटर अनुसार हालसम्म ३८ हजारभन्दा पनि बढी व्यक्तिले ह्वाट्सएपमा समस्या भएको रिपोर्ट गरेका छन् भने ३० हजार भन्दा बढीले फेसबुक र इन्स्टाग्राम नचलेको रिपोर्ट गरेका छन् ।

Back to top