×

वीरगन्ज । दोहोरो नागरिकता लिएका राजिव अग्रवाल फरार भएका छन । 


जिल्ला प्रशासन कार्यालय पर्साले दोहोरो नागरिकता लिएका राजिव अग्रवाललाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय पर्सालाई आदेश दिए पछि उनी फरार भएका छन ।


भारत विहार हसनपुर विधानसभा बस्ने राजिव कुमार अग्रवालले झुठो विवरण पेश गरि नेपाली नागरिकता हासिल गरेको उजुरी जिल्ला प्रशासन कार्यालय पर्सामा परेपछी जिल्ला प्रशासन कार्यालय पर्साले सक्कल नागरिकता सहित राजिवलाइ उपस्थित गराउन प्रहरीलाई पत्रचार गरेको थियो । 


प्रहरीले राजिव अग्रवाललाई उपस्थित गराउन खोज तलास सूरु गरे पछि उनी वीरगन्जबाट फरार भएको प्रहरी श्रोतले जनाएको छ ।


जिल्ला प्रशासन कार्यालय पर्सामा थुप्रै द्वैद्ध नागरिकताधारी माथी मुद्दा परे पनि बिगतमा कार्वाहीको नाउमा मुद्रा दोहन हुने गरेको थियो । प्र.जि.अ आस्मान तामाङ आएपछी द्वैद्ध नागरिकताधारी माथि कार्वाही हुने आशा बढेको बताइन्छ ।
 

Back to top