×

सांकेतिक तस्बिरः गुगलबाट

वीरगन्ज । नेपाल प्रहरीको साइबर ब्यूरो नै साइबर अपराधीबाट पीडित भएको छ । ब्युरोको नक्कली फेसबुक पेज बनाएर विभिन्न  व्यक्तिहरुसँग कुराकानी गर्ने साथै  आर्थिक लाभ लिन खोज्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तु घरका १८ वर्षीय प्रज्वल पोखरेल रहेका छन् । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा पोखरेललाई पक्राउ गरिएको हो ।


ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौं पेश गरिने छ ।

पक्राउ परेका पोखरेलले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत लिन खोजेको अनुसन्धानमा देखिएको अर्यालको भनाइ छ ।

Back to top