×

वीरगञ्ज । पर्सा प्रहरीले जिल्लाको विभिन्न स्थानमा अवैध तरिकाले लगाइएको प्रतिबन्धित लागुऔषध गाँजा खेति नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको निर्देशनमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, ईलाका प्रहरी कार्यालय एकटाङ्गा, ईलाका प्रहरी कार्यालय सेढवा र प्रहरी चौकी महादेव पट्टीको संयुक्त टोलिले जिल्लाको विभिन्न पालिकाहरुमा निजि र सार्वाजनिक जग्गा १४ कट्ठा ३ धुर जग्गामा अवैध तरिकाले लगाइएको गाँजा खेति नष्ट गरेको हो । 

प्रहरीले पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ को शंकर सरैयामा ३ कट्ठा ११ धुर, वडा नम्बर १ को शान्ति टोलमा ३ कट्ठा र पर्सागढी नगरपालिका वडा नम्बर ४ मा ८ कट्ठा जग्गामा लुकाएर लगाइएको गाँजा नष्ट गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले खानी खोला, सुर्ती र भन्टा खेतमा लुकाइछिपाइ लगाइएको गाँजा स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थितिमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले जानकारी दिए । 

गाँजा लगाउँने व्यक्तिको खोजतलास भइरहेको थापाले बताए ।

Back to top