×

वीरगञ्ज २ पुष । विगत ६ वर्षदेखि पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा लोकसेवा तयारी कक्षा सञ्चालन गरिरहेको गुरु मन्त्र इन्स्टिच्युटले छोटो समयमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

वीरगञ्जस्थित ब्रहम चोकमा अवस्थित पिस जोन कलेजबाट पठनपाठन गर्दै आएको गुरु मन्त्र इन्स्टिच्युटमा स्वास्थ्य सम्बन्धि विशेष कक्षाहरु जस्तै एचए, स्टाफ नर्स, अहेव र अनमीलगायत विभिन्न विषयहरुमा लोकसेवा तयारी कक्षाको लागि पढाई हुन्छ ।

यसैबीच संस्थाका वरिष्ठ लोकसेवा प्रशिक्षक, लेखक एवम् मोटीभेटर परमानन्द यादवसँग हामीले कुराकानी गरेका छौँ :-

१. गुरु मन्त्र इन्स्टिच्युट ले कुन–कुन सेवा दिइरहेको छ?

– हामीले पूर्व तयारी कक्षाहरु खासगरी लोकसेवा तयारीजस्तै एचए, स्टाफ नर्स, अहेव र अनमी लगायत विभिन्न विषयका तयारी कक्षाहरु सञ्चालन गरिरहेका छौँ ।

२. लोकसेवा तयारी कक्षा कस्तो हुन्छ? कसरी पढाइन्छ?

– लोकसेवामा नाम निकाल्नु भनेको एउटा जटिल र बढि प्रतिस्पर्धा हुने विषय हो । जो लोकसेवा पास गरेर सरकारी सेवामा प्रवेश गर्न चाहनुहुन्छ, उहाँहरुको लागि सहज होस् भनेर हामिले कोर्षको बारेमा जानकारी दिन्छौँ । त्यसपछि परीक्षामा कसरी लेख्ने उत्तरहरु कसरी दिने भनेर हामी यहाँ वरिष्ठ अधिकृत, सरकारी कर्मचारी र विभिन्न क्याम्मसका लेक्चरर, प्रोफेसरहरु, ल्याएर उहाँहरुलाइ प्रशिक्षण दिने, सहजिकरण गर्ने काम गर्छौँ । जसले गर्दा भोलि लोकसेवा परीक्षा दिन इच्छुक साथिहरुलाई निकै सहज र सजिलो बनाएका हामिले पाएका छौँ ।

३.लोकसेवा तयारीको लागि गुरु मन्त्र इन्स्टिच्युट नै किन?

– हुन त कतिपय अरु इन्स्टिच्युटहरु पनि छन् । हामिले बिगत ६ वर्ष देखि तयारी कक्षा मात्र गराउने गरेका छौँ । विगतका रिजल्टहरु नै हामीमाथि विश्वास गर्ने आधार हो । अहिलेसम्म हाम्रो संस्थाबाट कक्षा गरेर १ सय २७ जनाभन्दा बढीले नाम निकालेर सरकारी सेवामा प्रवेश गर्न सफल भएका छन् । वीरगञ्जमा सञ्चालित अन्य कुनै लोकसेवा तयारी कक्षा सञ्चालन गर्न संस्थाको यस्तो आकडा छैन ।

त्यही हुनाले विद्यार्थीहरुको बीचमा ‘गुरु मन्त्र इन्स्टिच्युट’ एउटा आर्कषणको गन्तव्य केन्द्र बनेको छ र हामी यसमा धेरै खुसि पनि छौँ । विद्यार्थीहरुलाई हामी यहाँ आइसकेपछि एकदम सन्तुष्टि बनाएर र उहाँहरुलाइ छर्लड्ड बनाएर पढाउने हुनाले गुरु मन्त्र इन्स्टिच्युट लोकसेवा तयारीका लागि प्रमुख र राम्रो गन्तव्य बनेको छ । हामी कहाँ विद्यार्थीहरुलाई पहिलो एक हफ्ता नी:शुल्क कक्षा गर्न पाउँछ । यती मात्र नभएर हामीले कक्षाबाट सन्तुष्ट नहुने विद्यार्थीहरुको पैसा समेत फिर्ता गर्ने ग्यारेन्टी लिनेगरेका छौँ ।'

त्यसैगरी हाम्रो इन्स्टिच्युटमा कक्षा लिएर पहिलो पटकमा लोकसेवा परिक्षामा नाम निकाल्न नसकेका विद्यार्थीहरुका लागि हामीले दोस्रो पटकका लागी ५०% छुट दिने गरेका छौँ । त्यसतै हाम्रा कक्षाका समयपनि सबैका लागि अनुकुल छन् । हामीले दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने गरेका छौं; पहिलो बिहान ७ बजेदेखि र अर्को बेलुका ४ बजेदेखि । जसले गर्दा अन्य स्थानमा पहिलादेखि काम गरिरहेका विद्यार्थीहरुलाई पनि सहज हुन्छ ।

४. गुरु मन्त्र इन्स्टिच्युटमा अध्ययन गरी लोकसेवामा नाम निकाल्न सफल बनेको बिद्यार्थीहरुको प्रतिक्रिया कस्तो छ?

– लोकसेवामा नाम निकाल्न सफल भएपछि यसै पनि उहाँहरु खुसी नै हुनुहुने भयो । नाम निकाल्न सफल हुनुभएका विद्यार्थीहरुले अरुलाई समेत सिफारिस गर्नुहुन्छ । जसकारण अन्य इन्स्टिच्युटको तुलनामा हाम्रो इन्स्टिच्युटमा धेरै विद्यार्थी आउनुहुन्छ ।

यहाँ अध्ययन गर्नुभएका विद्यार्थीहरुले अन्य साथीभाइलाई, ‘गुरु मन्त्र इन्स्टिच्युटमा जानु, त्यहाँ राम्रो पढाइ छ, राम्रो, प्रशिक्षकहरु हुनुहुन्छ’ भन्ने गरेको पाइएको छु । त्यसैले हामीलाई धेरै विद्यार्थीहरुले विश्वास गर्नुभएको छ ।

५.लोकसेवा तयारी गर्न कुन कुन जिल्लाबाट विद्यार्थीहरु गुरु मन्त्र इन्स्टिच्युटमा आउँछन?

– लोकसेवा तयारी गर्न हामीकहाँ पर्साको त आउनु हुने भैहाल्यो । त्यस्तै बारा, रौतहट, सर्लाहीलगायत प्रदेश नं. २, बागमती प्रदेश र अन्य प्रदर्शका विद्यार्थीपनि आउने गरेका छन् । हामी कहाँ केहि विद्यार्थीहरु कालिकोटसम्मबाट पनि अध्ययन गर्नका लागी आउने गरेका छन् ।

६.लोकसेवाको तयारी गर्ने सोच बनाएका विद्यार्थीलाइ के भन्न चाहानुहुन्छ?

– लोकसेवाको तयारी गर्ने सोच बनाएका विद्यार्थीहरुलाई पहिलो कुरा त ‘म सरकारी सेवामा प्रवेश गर्छु’ भन्ने इच्छाशक्ति हुनुपर्याे । भित्र मनबाट नै म सरकारी सेवामा प्रवेश गर्छु, देशको सेवा गर्छु भन्ने एउटा इच्छा, चाहाना हुनुपर्याे । त्यस पछि हामिले त यहाँ बाटो देखाउने हो । यो लोकसेवा विषय गाह्रो छ । एकैचोटिमा नाम निक्लिन्छ भन्ने छैन् । जब यहाँ आएर पढिसके पछि विद्यार्थीहरुलाई हामिले जुन प्रशिक्षण दिएपछि सबै कुरा उहाँहरुले बुझ्नु हुन्छ । लोकसेवा कस्तो हुँदो रैछ, कसरी तयारी गर्नुपर्ने रैछ भन्ने उहाँहरुले बुझ्नुहुन्छ । मुख्य कुरो त यसलाइ बढि मिहेनत, धैर्यता, लगनशीलता, चाहिन्छ । धैर्य नगुमाइ कन तयारी गर्दा मलाई लाग्छ १ वर्ष भित्रमा चाहिँ सरकारी जागिर खाने इच्छा चाहिँ पुरा हुन्छ । धैर्यता र लगनशीलता भयो भने विद्यार्थी सफल बन्नुहुनेछ ।

७. आगामी दिनमा गुरु मन्त्र इन्स्टिच्युटलाइ कसरी अघि लाने योजना छ ?

– हामिले विद्यार्थीहरुलाई विगतमा जस्तै आगामी दिनमा पनि थप सुविधा, प्रविधिको विकास सँगसँगै नयाँ प्रविधिबाट पढाउने, डिजिटल माध्यमबाट पढाउने, सोच राखिरहेको छौँ । अहिले जति सेवा सुविधा दिएर लोकसेवा अध्ययन गराइरहेको छौँ त्यो भन्दा थप सेवा सुविधा र सहज हुने गरि अगाडि बढाउने योजना भैरहेको छ । अब कोरोना महामारीका कारण केहि समय हामीले गर्न सकेनौँ । अब विद्यार्थी फेरी आउन थाल्नु भएको छ । हामी आगामी दिनमा विगतमा जस्तै विद्यार्थीहरुलाई खुसी बनाएर उहाँहरु भित्रको क्षमतालाइ बाहिर ल्याउनका निम्ति हाम्रो भरपुर प्रयास रहने छ ।

Back to top